२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालुवाटारमा पाँचदलको बैठक सुरु

२०७४, ७ पुष शुक्रबार ०६:२२

पुस ७, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको प्रमुख पाँच दलको बैठक बालुवाटारमा अहिले शुरु भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसहितको बैठक शुरु भएको हो । 

पछिल्लो राजनीतिक गतिविधिका बारेमा छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । 

प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा निर्वाचन अध्यादेश विषयलगायत अन्य राजनीतिक मुद्दामा छलफल हुने बुझिएको छ । 

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह