१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धनको ५ बर्षे सरकार: अढाइ वर्ष ओली, अढाइ बर्ष ‘प्रचण्ड’ !

७ पुष २०७४, शुक्रबार ०८:५१

पुस ७, काठमाडौं । बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछी भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आधा-आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । यस अनुरुप्प गठबन्धनले पार्टीको नेतृत्व समेत यसरी नै अढाई बर्ष प्रचण्ड नेतृत्वमा र अढाई बर्ष ओलीको नेतृत्वमा संचालन हुने बताइएको छ । 

दशैंपछि भएको संयुक्त ७ बुँदे सहमतिमा समेत यस बिषयलाई स्पष्ट उल्लेख गरिएको पाइएको छ । ७ बुँदे सहमतिमा ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयलाई समेत तेश्रो नम्बरको बुदामा उल्लेख गरिएको छ । यस बिषयमा दुवै दलका अध्यक्षले सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको बिषयमा आफ्ना केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकेको बताइएको छ । 

आलोपालो प्रधानमन्त्री हुँदा पहिले ओलीको नेतृत्वमा र त्यसको अढाई बर्ष पछी प्रचण्डले नेतृत्व लिने बताइएको छ । एमालेले सरकार निर्माण अगाबै पार्टी एकता टुंग्याउन भनेको छ । यदी सरकारको आलोपालोकै नियम अनुसार पार्टीको पनि एकता भएको खण्डमा पार्टी नेतृत्व पनि उसैगरि आलोपालो हुने अवस्था आउँछ । यदी सरकारको नेतृत्व ओलीले लिँदा पार्टीको नेतृत्व प्रचण्डले लिने र प्रचण्डले सरकार सम्हालेपछी फेरी ओलीनै पार्टीको अध्यक्ष बन्ने अवस्था आएमा पार्टी एकता र सरकारमा सहकार्यको लागि सहज हुने एक माओवादी नेताले बताए । 

तर पार्टी अध्यक्ष को बन्ने भन्ने बिषयमा वाम गठबन्धनको सम्झौतामा केही पनि उल्लेख नहुँदा ओली नेतृत्वको सरकार हुँदा प्रचण्डनै अध्यक्ष बन्ने भन्न सकिने अवस्था भने छैन । एमालेका शिर्ष नेताहरुले समेत एकतामा जाने हो भने प्रचण्डलाई नेता मान्न पर्ने बताउँदै आएका छन् । माओवादीले सामुहिक नेतृत्व हुनुपर्ने शर्त राखेको अवस्थामा पार्टी एकता हुने स्थिति नआएपनि सरकार भने आलोपालो चलाउने बिषयमा लगभग सहमति जुटीसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो