2026-07-04 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम गठबन्धनको ५ बर्षे सरकार: अढाइ वर्ष ओली, अढाइ बर्ष ‘प्रचण्ड’ !

पुस ७, काठमाडौं । बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछी भावी प्रधानमन्त्रीको रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आधा-आधा समय सरकारको नेतृत्व गर्ने भएका छन् । यस अनुरुप्प गठबन्धनले पार्टीको नेतृत्व समेत यसरी नै अढाई बर्ष प्रचण्ड नेतृत्वमा र अढाई बर्ष ओलीको नेतृत्वमा संचालन हुने बताइएको छ । 

दशैंपछि भएको संयुक्त ७ बुँदे सहमतिमा समेत यस बिषयलाई स्पष्ट उल्लेख गरिएको पाइएको छ । ७ बुँदे सहमतिमा ‘आलोपालो सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयलाई समेत तेश्रो नम्बरको बुदामा उल्लेख गरिएको छ । यस बिषयमा दुवै दलका अध्यक्षले सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको बिषयमा आफ्ना केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकेको बताइएको छ । 

आलोपालो प्रधानमन्त्री हुँदा पहिले ओलीको नेतृत्वमा र त्यसको अढाई बर्ष पछी प्रचण्डले नेतृत्व लिने बताइएको छ । एमालेले सरकार निर्माण अगाबै पार्टी एकता टुंग्याउन भनेको छ । यदी सरकारको आलोपालोकै नियम अनुसार पार्टीको पनि एकता भएको खण्डमा पार्टी नेतृत्व पनि उसैगरि आलोपालो हुने अवस्था आउँछ । यदी सरकारको नेतृत्व ओलीले लिँदा पार्टीको नेतृत्व प्रचण्डले लिने र प्रचण्डले सरकार सम्हालेपछी फेरी ओलीनै पार्टीको अध्यक्ष बन्ने अवस्था आएमा पार्टी एकता र सरकारमा सहकार्यको लागि सहज हुने एक माओवादी नेताले बताए । 

तर पार्टी अध्यक्ष को बन्ने भन्ने बिषयमा वाम गठबन्धनको सम्झौतामा केही पनि उल्लेख नहुँदा ओली नेतृत्वको सरकार हुँदा प्रचण्डनै अध्यक्ष बन्ने भन्न सकिने अवस्था भने छैन । एमालेका शिर्ष नेताहरुले समेत एकतामा जाने हो भने प्रचण्डलाई नेता मान्न पर्ने बताउँदै आएका छन् । माओवादीले सामुहिक नेतृत्व हुनुपर्ने शर्त राखेको अवस्थामा पार्टी एकता हुने स्थिति नआएपनि सरकार भने आलोपालो चलाउने बिषयमा लगभग सहमति जुटीसकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन