११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दलको बैठक सकियो, के-के भयो छलफल ?

७ पुष २०७४, शुक्रबार ०८:५२

पुस ७, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना सहमति सकिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान बालुवाटारमा बोलाएको बैठकमा दलहरुले पूर्ववत अडान नछोड्दा सहमति जुटन नसकेको हो । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए । 


बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् । बैठकपछि नेता रामचन्द्र पौडेलले भने, ‘सरकारले पठाएको अध्यादेश रोक्न मिल्दैन । तपाईहरु (एमाले-माओवादी)ले रोक्न भन्न पनि मिल्दैन ।’

प्रधानमन्त्री देउवाले भने आफू सरकार छाड्न तयार नै भएको बताएका छन् । ‘म छिट्टै मुक्त हुन चाहन्छु । जनताको जनोदश अनुसार सरकार बनोस् भन्न्न चाहन्छु’ देउवाको भनाइ उदृत गर्दै कांग्रेस नेता निधिले भनेका छन् ।

दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्र्तगत गर्ने भन्नेमा काङ्ग्रेस र बाम गठबन्धनबीच विवाद हुदै आएको छ । काङ्ग्रेस एकल संक्रमणीइ प्रणालीको पक्षमा छ भने एमाले–माओवादी बहुमतिय प्रणालीको पक्षमा छन् ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो