२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले हार्नुको निष्कर्ष: ‘ज्योतिषीले ७ चोटी प्रधानमन्त्री बन्छौं भनेको कुरा भन्न नहुने’

२०७४, ७ पुष शुक्रबार १२:०९

प्रेम सुनार | पुस ७, गुल्मी | नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी  बैठकले  यसपालीको निर्वाचनमा काग्रेंसको पराजयको मुख्य कारण वामगठबन्धन भए पनि  केन्द्रिय नेतृत्वमा रणनैतिक चतुर्यता नहुँनु र अभिव्यक्ति पनि गलत हुनु   चुनावी पराजयको  अर्को कारण भएको निष्कर्श निकालेको छ । आज सदरमुकाम तम्घासको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी समिक्षा  बैठकको विश्लेषण सार्वजानिक गर्दै यस्तो निष्कर्श वाहिर ल्याएको हो ।  

काँग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बैठकका निर्णयहरु सार्वजानि गर्दै भने– एकै चोटी दुई तहको निर्वाचन गराउन नहुने कुरामा नेतृत्वमा रणनैतिक चुतुर्यता पाईएन  । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव ताका  दिएका अभिव्यक्ति पनि गलत भएको धारणा राखे   । उनले भने –उहाँ  जस्तो नेताले ७ चोटी प्रधानमन्त्री बन्छौ भनेर ज्यातिषले भने भन्ने कुरा भन्न  नहुने , कम्युनिष्टहरुले जिते भने अधिनायकवाद ल्याउँछन र जनताहरु रुन समेत पाउने छैनन् जस्ता अभिव्यक्तिहरु पनि दिन नहुने पराजयको अर्को  कारण हुन सक्ने बैठकको निष्कर्ष रहेको छ  । ’ 


 श्रेष्ठले थपे–‘वामगठबन्धनका कारण मनोवैज्ञानिक असर पर्यो,  हारको मुख्य कारण वामगठन्धन नै हो तर पनि आफुहरुको संगठन कम्जोर हुनु , स्थानिय निर्वाचनको पराजयले कार्यकर्तामा गिरेको मानसिकता हटाउन सकेनौं , त्यस्तै विपक्षीहरुले कांग्रेस विरुद्ध छरेका भ्रमहरु प्नि चिर्न सकेनौ , अर्को कुरा कांग्रेस भित्र व्यक्तिवादी चिन्तन र आराजक प्रवृत्ति बढेको महुशुस समेत  पराजयका यिनै कारणहरु  रहेको पाईएको छ । 

तर उनले वामगठबन्धन संगै पार्टी भित्र स्थानिय निर्वाचन ताका सम्मको एक आपसको असन्तुष्टी अन्त्य भई पार्टी एक ढिक्का भएको ठोकुवा भने गरेका छन् ।  नेता श्रेष्ठले लोकतन्त्रमा जित हार स्वभाविक भएको र यसपाली जसले जिते हारे पनि  लोकतन्त्र र गणतन्त्रको जित भएको धारण राखे ।  यसापालीको निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन थियो , जुन कांग्रेसको नेतृत्वमा स्वन्त्र र निष्पक्ष ढंगले भएको छ , यसैलाई हामीले जित ठानेका छौं नेता श्रेष्ठले भने–‘ पराजय देखिए पनि प्रत्यक्ष र समानुपतिक तर्फ कांग्रेसले सम्मानजनक मत पाएको छ , भोलीका दिनमा संगठन सुदृढ गर्दै अगाडी बढिने छ निरास नहुन म कार्यकर्ता पक्तिलाई आग्रह गर्दछु ।  

त्यस्तै पार्टी सचिव खिलध्वज पन्थीले भने–‘ जहाँ पनि दलित र जनजातीहरु ब्ढि मात्रमा कम्युनिष्ट पार्टीहरुमा अन्धोभक्त भएर लागेको पाईयो , उनिहरुको गरिवी जस्ताको त्यस्तै हुँदा पनि उनिहरु असचेत भए ।  उनिहरुलाई पनि बुझाउन नसक्नु कांग्रेस पराजयको एउटा कारण हुन हाम्रो विश्लेषण छ  ।  कार्यक्रममा उप सचिव छन्दबहादुर पहराई , पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी  लगायतका नेताहरु सहभागि थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह