११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भन्छन- ‘एक-दुई जनाले विरोध गर्दैमा पार्टी एकता रोकिदैन’

८ पुष २०७४, शनिबार ०९:१८

पुस ८, भैरहवा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले विरोध वा अवरोध गरेर एमालेसँगको पार्टी एकता नरोकिने स्पस्ट पारेका छन् । 

भैरहवामा आयोजित कार्यक्रममा प्रचण्डले एकताप्रति सवै इमान्दार भएको भन्दै एकता हुँदैन भन्दै आशंका नपाल्न आग्रह गरे । उनले पार्टी एकताको विरोध गर्नेहरु र मन नपराउनेहरु छुट्ने दाबी गरे । 

‘एक/दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन ।’ प्रचण्डले भने,‘शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन । कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् ।’

एकता हुन नदिने तत्वले दुई पार्टीबीच एकता नहुने हल्ला फिँजाएको भन्दै प्रचण्डले एकता प्रति दुवै पार्टी इमान्दार भएको भन्दै गम्भीर छलफल गरेर एकता टुग्याउने बताए । 

‘हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं ।’ प्रचण्डले भने,‘एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस् ।“

प्रचण्ड र चक्रपाणि खनालको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह