११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकलाई शहिद घोषणा गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

८ पुष २०७४, शनिबार १२:५४

पुस ८, काठमाडौं । कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादि प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । 

माईतिघर मण्डलामा गरिएको बिरोध प्रदर्शनमा कर्णालीका बिभिन्न जिल्लाबाट काठमाडौंमा आई बिभिन्न पेशा व्यवसायमा आबद्ध सहभागीहरुले  मृतक विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै प्रशासनबिरुद्ध चर्का नाराबाजी गरे । 

उनीहरुले प्रहरी दमन मुर्दाबाद, विवेक ऐडिलाई शहिद घोषणा गर, नालायक देउवा सरकार राजीनामा दे, हत्यारा पुलिसलाई कारबाही गर, पुलिस प्रशासन मुर्दाबाद लगायतका नारा लगाएका थिए ।  

बिरोध प्रर्दशनपछि बोल्दै एमाले कालीकोटका अध्यक्ष नेशनल शाहीले प्रहरी प्रशासन बिरुद्ध आक्रोश पोख्दै शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । 

उनले रोटीका लागी आन्दोलन गर्ने युवालाई गोली दिने बर्तमान सरकारको राजीनामा माग गर्दै मृतकलाई शहिद घोषणा गरि क्षतिपूर्ती दिनुपर्ने बताए । त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहीद घोषणा गरेर क्षतिपूर्ती सहित घटनामा संलग्नलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । 

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तिलक उपाध्यायले गृहप्रशासनको रबैयाले युवाहरुलाई आक्रोशीत बनाएको भन्दै दोषीलाई कडा कारबाही सहित विवेक ऐडिलाई शहिद घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल