२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को राजधानी बुटवल र दाङको बीचमा बन्ने नयाँ प्रस्ताव

८ पुष २०७४, शनिबार १३:०१

पुस ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य सुदर्शन बरालले ५ नं प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भनेर प्रतिष्ठाको विषय नबनाउन आग्रह गर्नुभएको छ । 

सो प्रदेशको राजधानीका विषयमा वाम गठबन्धनका राष्ट्रियस्तरका नेताहरुबीच फरकफरक धारणा आइरहेका बेला गुल्मी–काठमाडौँ सम्पर्क मञ्च र गणतान्त्रिक जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा बरालले सबैलाई पायक पर्ने र सुविधा भएको स्थानमा राजधानी तोकिने दाबी गर्नुभयो । 

बुटलव र दाङका बारेमा विवाद बढेमा बीच स्थानतिर राजधानी हुन सक्ने पनि उहाँले बताउनुभयो । 

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई सो प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै आउनुभएको छ । 

बरालले भन्नुभयो, “अहिले अस्थायी तोकिन्छ, भोलि प्रदेशसभाले अध्ययन गरी उपयुक्त स्थान जहाँ छ त्यहाँ निर्धारण गर्छ ।” उहाँले एमाले–माओवादीबीचको एकता जनताबाट अनुमोदन भइसकेकाले चाँडै निष्कर्षमा पु¥याउनुपर्नेमा पनि जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ