२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को राजधानी बुटवल र दाङको बीचमा बन्ने नयाँ प्रस्ताव

२०७४, ८ पुष शनिबार १३:०१

पुस ८, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा गुल्मी क्षेत्र नं १ (क) का प्रदेशसभा सदस्य सुदर्शन बरालले ५ नं प्रदेशको राजधानी बुटवल वा दाङ बनाउने भनेर प्रतिष्ठाको विषय नबनाउन आग्रह गर्नुभएको छ । 

सो प्रदेशको राजधानीका विषयमा वाम गठबन्धनका राष्ट्रियस्तरका नेताहरुबीच फरकफरक धारणा आइरहेका बेला गुल्मी–काठमाडौँ सम्पर्क मञ्च र गणतान्त्रिक जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा बरालले सबैलाई पायक पर्ने र सुविधा भएको स्थानमा राजधानी तोकिने दाबी गर्नुभयो । 

बुटलव र दाङका बारेमा विवाद बढेमा बीच स्थानतिर राजधानी हुन सक्ने पनि उहाँले बताउनुभयो । 

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले बुटवल र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई सो प्रदेशको राजधानी बनाउने उद्घोष गर्दै आउनुभएको छ । 

बरालले भन्नुभयो, “अहिले अस्थायी तोकिन्छ, भोलि प्रदेशसभाले अध्ययन गरी उपयुक्त स्थान जहाँ छ त्यहाँ निर्धारण गर्छ ।” उहाँले एमाले–माओवादीबीचको एकता जनताबाट अनुमोदन भइसकेकाले चाँडै निष्कर्षमा पु¥याउनुपर्नेमा पनि जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह