२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भन्छन्- ‘एमालेले फोरमसँग तालमेल गर्न खोज्यो’

२०७४, ९ पुष आईतवार ०२:२३

पुस ९, नवलपरासी । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन् । 

शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गरेका हुन्। यो खबर हरि शर्माले आजको अन्नपूर्णमा लेखेका छन्।

एमाले महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दल तीनै पदमा एमालेको नेतृत्व रहनुपर्ने तर्कप्रति संकेत गर्दै दाहालले यस्तो भनेका हुन्। शुक्रबार गृहनगर भरतपुरमा दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालो सत्तारोहण गर्ने सहमति भएको दाबी गरेका थिए। 

‘फोरमसँग पनि उहाँहरुले तालमेल गर्नखोज्नुभयो, तर उपेन्द्रजी नमानेपछि हामीबाहेक एमालेसँग सरकार बनाउने विकल्प छैन,’ दाहालले भने, ‘अब एमालेसँग मिलेर हामी सरकार बनाउँछौं। 

एमालेले एक्लै बहुमत पाएर हामीलाई पन्छाउने हो कि भन्ने त्रास थियो तर बहुमत नपाएपछि त्यो डर हट्यो।’ दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षका लागि आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि एमालेसँग एकताकै लागि नमानेको जिकिर गरे। 

‘उनले त झन् लिखित दिनपर्‍यो भने पनि तयार छु भनेका हुन्, तर हामी त्यसमा मानेनौं। हामी वाम एकतामा इमानदार छौं, किनकि यो मेरै प्रस्ताव हो। त्यसैले वाम सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह