११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हामी अन्तिम चरणमा पुग्दैछौं, एकताको विकल्प छैन’ – प्रचण्ड

९ पुष २०७४, आईतवार ०६:०३

पुस ९, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकताको अन्तिम चरणमा पुगेको भन्दै शंका नगर्न आग्रह गरेका छन् ।

चितवनमा वाम बुद्धिजिवीहरुले आइतबार आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै प्रचण्डले सञ्चार माध्यममा केही भ्रम फैलाइएको भन्दै भ्रमकोपछि नदौडन आग्रह गरे । एमाले र माओवादी पार्टी एकताबाट पछि फर्किने ठाउँ नै नराखि अघि बढिसकेको बताउँदै प्रचण्डले एकता प्रक्रिया गम्भीरताका साथ अघि बढेको दावी गरे । ‘पार्टी एकता गम्भीरताका साथ अघि बढेको छ, हामी अन्तिम चरणमा पुग्दैछौं,’ उनले भने, ‘पछि हट्ने कहिकतै कसैले कल्पनासमेत गरेको छैन ।’

चुनाव पछि समस्या आउनसक्ने कुरालाई मध्येनजर गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले पछाडि फर्किने ठाउँ नै नराखेको भन्दै प्रचण्डले एकताको विकल्प नै नभएको बताए । ‘हामीले पुल भत्काएर अगाडि बढेका हौं, फेरि फर्किने ठाउँ राखेर अघि बढेको होइन,’ उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीजी र मैले पुल बाँकी राखेपछि फर्किने खतरा हुन्छ भत्काइदिऔं भनेर भत्काइएको हो, अब एकताको विकल्प छैन ।’ उनले अब पार्टी एकता हुन नदिने प्रयास भएको भन्दै त्यो अब सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल