११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

९ पुष २०७४, आईतवार १३:०२

पुस ९, काठमाडौँ (रासस) | नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दःुख व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको उल्लेख गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । 

नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सभापति, पूर्वमन्त्री एवं पूर्व सांसद बस्नेतकी ७१ वर्षीया धर्मपत्नीको आज विराटनगरमा निधन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह