११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जलि व्यक्त

१० पुष २०७४, सोमबार ०७:२४

पुस १०, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शिक्षण अस्पताल पुगेर आइतबार निधन भएका पूर्व क्षेत्रीय सभापति शम्शेरबहादुर राईलाई श्रद्धाञ्जलि दिनुभएको छ । 

दुई वर्षदेखि मुटु र मिर्गौलाबाट पीडित राईको उपचारका क्रममा आइतबार राति निधन भएको थियो । प्रधानमन्त्री देउवाले राईको पार्थिव शरीरमा नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गर्नुभयो । 

उहाँले राईको निधनले काँग्रेसलाई ठूलो क्षति पु¥याएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभयो । संखुवासभाका पूर्व सांसद टंकप्रसाद राईका बुबासमेत रहेका राई विगत दुई हप्तादेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । 

प्रधानमन्त्री देउवाले राईले नेपालको लोकतान्त्रिक विकासमाा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह