२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड नेतृत्वको सरकार बने राजपाले पनि समर्थन गर्ने, एमालेलाई दवाब

२०७४, ११ पुष मंगलवार ०६:०७

पुस ११, काठमाण्डौ । राजपा नेपालले आगामी सरकारको नेतृत्व माओवादी केन्द्रले गरे आफुहरुले सहयोग गर्न तयार रहेको जनाएको छ । राजपाले आगामी प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल 'प्रचण्ड'लाई साथ दिने संकेत गरेको हो ।

उसले वामपन्थी गठबन्धनमा सरकार र पार्टीको नेतृत्वको रस्साकस्सी चलिरहेको बेला यस्तो प्रस्ताव गरेपछी सरकार गठनमा नयाँ तरंग पैदा गर्ने संकेत देखिएको छ ।

कांग्रेसले समेत माओवादी केन्द्रलाई नै साथ दिने भन्दै पटक-पटक प्रस्ताव राखेको अवस्थामा एमाले एक्लैको बहुमत नपुग्दा माओवादी केन्द्रलाई भने अन्य दलबाट सहयोगको संकेत देखिएको छ । माओवादीलाई राजपा तथा कांग्रेसको समेत सहयोग रहने भएपछी एमालेमा समेत दवाब पर्ने देखिएको छ । एकतासँगै पार्टी अध्यक्ष प्रचण्डलाई दिएर एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेको खण्डमा एकता सँगै बामपन्थी सरकार बन्ने अवस्था हुन सक्ने देखिन्छ । तर एमालेले दाहाललाई पार्टी अध्यक्ष नदिन सक्ने संकेत पाएपछी पहिले सरकार बनाउने भन्दा पनि मुख्य दुई नेतृत्व सरकार र पार्टी क्रमश ओली र दाहालले सहमतिमै चलाउनुपर्ने दवाब सृजना भएको छ । बाम गठबन्धनको पार्टी एकता भएका अब माओवादी अध्यक्षले नै पार्टीको नेतृत्व गर्नुपर्ने माओवादी नेताहरुको दवाब छ । सरकार र पार्टीको नेतृत्व दुवै एमालेलाई दिँदा माओवादी एमालेमा मिसिएको जस्तो हुने भन्दै केहि माओवादी नेताहरुले पार्टी अध्यक्षलाई समेत खबरदारी गरेको स्रोतको दावी छ । त्यसमा पनि ओलीलाई 'नखाउँ दिनभरीको सिकार, खाउँ कान्छोबाउको अनुहार' भनेझैँ भएको छ । किनकी सरकार नेतृत्वकै लागि एमाले र माओवादी केन्द्रबीच चुनावी एकता भएको अवस्थामा माओवादीले मागे अनुसारको पार्टीमा पद नदिए सरकारको नेतृत्व ५ बर्षको लागि चिप्लिने सम्भावना छ । कांग्रेसले माओवादीलाई फकाउन हदैसम्मको प्रयास गर्न सक्ने अवस्थामा एमालेले माओवादीलाई नलिई सरकार बनाउन सक्ने अवस्था छैन । 

राजपालाई प्रचण्डको नेतृत्व भएमा आफ्ना माग पुरा गर्न सक्ने विश्वासकै कारण उसले ओलीलाई भन्दा दाहाललाई सरकार नेतृत्वमा देख्न चाहन्छ, त्यसैले पनि उसले माओवादी अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने संकेत दिएको हो । तर माओवादीले भने बाम गठबन्धनकै सरकार बन्ने भन्दै प्रधानमन्त्रीको पद ओलीको जिम्मामा दिएर पार्टी एकीकरणलाई ध्यानमा राखेको छ । पछिल्लो समय दाहाल र ओलीले आलोपालो सरकार संचालन गर्ने बिषयमा पनि चर्चा चलेको अवस्थामा सोहि अनुरुप पार्टीको जिम्मेवारी बहन गर्नसक्ने केहिको विश्लेषण छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह