पुस ११, नवलपरासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । 

सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४औं महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, नवलपरासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । 

सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४औं महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित

२०७४, ११ पुष मंगलवार ०६:५२

पुस ११, नवलपरासी । नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष पदमा नवलपरासीका श्रीधर बस्याल निर्वाचित भएका छन् । 

सिद्धार्थ जेसीज भैरहवाँ रुपन्देहीको आयोजनामा मंगलबार सम्पन्न नेपाल जेसीजको ४४औं महाधिवेशनबाट बस्याल जेसीजको अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।


सक्षम र कुशल नेतृत्व छान्नका लागि भएको उक्त महाधिवेशनमा रामग्राम जेसीजको वर्ष २००९ का अध्यक्ष एवं नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बस्याल र ईटहरी जेसीजका पुर्व अध्यक्ष एवं नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष महेश पौडेल बिच कडा प्रतिस्पर्धा रहेको थियो । बस्यालले ६ सय ४८ मत प्राप्त गर्दै ९ मतान्तरले आफनो निकटतम प्रतिद्धन्द्धी पौडेललाई पराजित गरेका हुन् ।

करिब १ हजार ६ सय मतदाता रहेको महाधिवेशनमा सोमबार १० गते राती भएको मतदानमा १ हजार २ सय ७८ मत खसेको थियो । ईलेक्ट्रोनिक मेचिनद्धारा गराइएको मतदान नेपाल भरिका १ सय ३६ जेसीज शाखाका मतदाताहरुले मतदान गरेका थिए । भैरहवाँको महेन्द्र सभागृहमा पौष ८ गते महाधिवेशनको उद्दघाट शत्र शुरु भई मंगलबार ११ गते विहान मात्र निर्वाचन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ ।  


त्यस्तै अध्यक्ष बस्यालको नेतृत्वमा चयन भएको कार्यसमितिमा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा रेश्मी सिल्पकार, पदम बहादुर सिंह, अशोक शंकर, विकास मानन्धर गरि ४ जना निर्वाचति भएका छन् भने राष्ट्रिय उपाध्यक्ष पदमा बिजय घिमिरे, बिजय गुरुङ्ग, श्यामसुन्दर पौडेल, टेकराज रेग्मी, रन्जना चापागाई, गोविन्द देवकोटा, रश्मी निरौला, अमित ढकाल, जनकराज घिमिरे, सुमित शर्मा, राजेन्द्र घिमिरे, रबिन पोख्रेल गरि १२ जना निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त समितिले निर्वाचन पश्चात नव निर्वाचति अध्यक्ष र विभिन्न पदाधिकारीहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।  

त्यसैबिच नव निर्वाचत बस्यालले कार्यसमितिलाई पुर्णता दिनका लागि एक जना महासचिव, एक जना कोषाध्यक्ष र एक जना कानुनी सल्लाहार पनि मनोनित गरि पहिलो बैठक पनि बसेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा