२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आयोगको छड्के अनुगमनमा मालपोत

२०७४, ११ पुष मंगलवार १२:२३

पुस ११, सुर्खेत । जनतासंग प्रत्यक्ष सरोकार राख्ने मालपोत कार्यालय नै अस्तव्यस्त बनेको अनुगमनका क्रममा भेटिएको छ । 

सेवाग्राहीको चाप बढी हुने कार्यालयले कार्यालय व्यवस्थापनदेखी सूचना प्रवाह गरेर भ्रम चिर्न असफल भएको अनुगमन टोलीले भेटाएको हो ।

राष्ट्रिय सूचना आयोगको टोलीले मंगलवार गरेको छड्के अनुगमनको क्रममा कार्यालयमा सूचना दिने व्यक्तिको विवरण समेत स्पष्ट अवस्थामा नराखेको पाइएको छ । कार्यालय परिसरमा पुगेका सेवाग्रहीले नै मालपोत कार्यालय सुर्खेतमा भष्ट्राचारको मुस्लो फैलिएको जनगुनासो गरेको आयोगका आयुक्त किरणकुमार पोखरेलले जानकारी दिए ।

‘यस्ता भ्रम फैलिएको अवस्थामा कार्यालयले प्रभावकारी रुपमा सूचना प्रवाह गर्नुपर्नेमा कुनै पहल नगरेको पायौं’ पोखरेलले भने, ‘ कार्यालय प्रमुखले तत्काल सूचना अधिकारीको फल्यास वोर्ड राखेर सूचनालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् ।’ 

जनताले अपेक्षा राखेका सूचना कार्यालयले दिए नदिएको, सूचना प्रणाली, फल्यास वोर्ड, वेवसाईट तथा सूचना अभिलेखका विषयमा अनुगमन गर्न सुर्खेत आएको आयुक्त पोखरेलले जानकारी दिए । अनुगमनको क्रममा प्रभावकारी अभिलेख राख्ने कार्यालयमा जिल्ला जनस्वास्थ्य कार्यालय भेटिएको छ ।

सूचनाको हक बारे कार्यालयले राख्ने वडापत्रमा समावेश गर्न निर्देशन दिएको पनि पोखरेलले बताए । जनतासंग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरुको अनुगमन गर्न आयोगको टोली मंगलवार सुर्खेत आएको हो । 

आयोगले मालपोत, जिल्ला प्रशासन, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि, जिल्ला जनस्वास्थ्य, जिल्ला प्राविधिक, जिल्ला समन्वय समिति, वन लगायत कार्यालयहरुको अनुगमन गरेको छ । अनुगमन टोलीमा आयोगका आयुक्त पोखरेलसहित उपसचिव वेदनिधि अधिकारी र लेखा अधिकृत झलक शर्मा पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह