११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माघ पहिलो साताभित्र नयाँ सरकार: सचिव ज्ञवाली

१३ पुष २०७४, बिहीबार १०:११

पुस १३, नगरकोट । एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो अबधिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गर्नुभएको हो । 

एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारका रुपमा रहने बताउनुभयो । 

अहिलेको कामचलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानूनी र नैतिकता विपरीत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।” 

सचिव ज्ञवालीले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रा व्यक्ति जाँदैछन् तर तिनले जनचाहनाअनुसार काम गर्न नसके हेरफेर गर्न सकिने पनि बताउनुभयो । 

राष्ट्रियसभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको र सरकार गठन तथा अध्यादेश फरक पाटो भएकाले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उहाँको भनाइ थियो । 

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिंदै सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावनाअनुसार प्रदेश राजधानी प्रदेशसभाले नै तोक्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह