११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा गाउँपालिकाको निर्णयविरुद्ध संघर्ष समिति गठन

१४ पुष २०७४, शुक्रबार ०३:२४

मनिषा राई/पुस १४, रोल्पा । सुवार्णावति गाउँपालिकाको नाम परिवर्तन सम्बन्धि ल्याएको प्रस्तावको निर्णय बिरोधमा एमालेका खिमचन्द्र पुनको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । साथै संघर्ष समितिले बिभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ । 

बिहिबार सुवर्णावतिका स्थानीयबासिद्धारा ¥याली गरी सुलीचौर बजार परिक्रमा र गाउँपालिकाको आगाडि ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए । 


नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए । असन्तुष्ट बजारवासी र माओवादी केन्द्र बाहेक अन्य दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए ।  

हाल कांग्रेस सरकार हुदा पनि कांग्रेसले बिरोध गरीरहेको र पछि एमालेको सरकार हुदा पनि एमालेले नै बिरोध गरीरहेको हुनाले नाम परिवर्तन हुने अवस्था नदेखिएको स्थानियहरुले बताएका छन् ।

त्यसैगरी उक्त संघर्ष समितिले शुक्रबार  गाउपालिकाको नाम परिवर्तन  सम्बन्धि निर्णय सच्याउनको लागि अल्टिमेटम दिने भएको छ । त्यसैगरी १५ गते सुवर्णावति गाउपालिका भित्र यातायात बन्द र बिरोध सभा गर्ने, १६ गते सुवर्णावति गाउपालिकाका यातायात, शिक्षण संस्था, बजार र उधोग बन्द गर्ने र १७ गते देखि सुवार्णावति गाउपालिका अनिश्चितकालिन बन्द गर्ने निर्णय गरीएको सुवर्णावति गाउपालिका वडा नं.४ का वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह