११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मेरो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति’- प्रचण्ड

१४ पुष २०७४, शुक्रबार ०४:५७

पुस १४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफ्नो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति समर्पण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रचण्डले अहिले जनताको चाहना राष्ट्रको समृद्धि र विकास नै भएको बताउँदै निर्वाचनको बेला पनि आफुले आफ्नो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति समर्पण गर्ने बताएको स्मरण गराए ।  प्रचण्डले अबको दिनमा आफुले राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्ने बताए । 

शुक्रबार बिहान व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नीति निर्णय सबैमा तपाईंहरुको भावनालाई, तपाईंहरुको प्रेरणालाई ध्यान दिएर अगाडि बढ्ने छौं र राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्नेछौं ।’


प्रचण्डले युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि भूमिका खेल्ने बताए । यही प्रसंगमा प्रचण्डले भने ‘हिजो इतिहास हेर्‍यो भने युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि त्यत्तिकै ठूलो भूमिका खेलेका इतिहास छन् ।’ 

प्रचण्डले भने, “अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए । हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल