२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

२०७४, १४ पुष शुक्रबार ०७:३३

पुस १४, काठमाडौँ । नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नियम, कानूनभन्दा बाहिर खोलिएका उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ । “वीरगञ्जमा मानिस जिउँदै जलिरहेको छ, त्यस्तो भयानक दृश्य यहाँ देख्न नपरोस् भन्ने उद्देश्यले हामीले खबरदारी गरेका हौँ,” – उहाँले भन्नुभयो । 

उहाँले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको इञ्जिनियरिङ कलेज, सिद्धार्थ वनस्थली इन्टिच्युटलगायतका थुप्रै विद्यालय औद्योगिक क्षेत्रको वरपर सञ्चालन छन्, त्यी विद्यार्थीको सुरक्षाका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकुन्द रिजालले धेरै विद्यालय र बस्ती भएको बालाजु क्षेत्रको बीचमा उद्योग सञ्चालन भएको भन्दै यसलाई तत्काल हटाउनका लागि वडावासीले पटकपटक माग गरिसकेको बताउनुभयो । 

“उद्योग हटाउनका लागि वडाले पाँच महिना पहिले आपूर्ति, उद्योग र वातावरण मन्त्रालयलाई पत्राचार समेत ग¥यौँ, अहिलेसम्म सुनुवाइ हुन सकेन,” – उहाँले भन्नुभयो । 

नेपाली काँग्रेस वडा नं १६ का अध्यक्ष देवेन्द्र पाठकले ग्यास उद्योग हटाउनका लागि भोलिदेखि नै हस्ताक्षर अभियान शुरु गर्ने बताउनुभयो । “टोलवासीले पटकपटक खबरदारी गर्दा पनि सुनुवाइ भएको थिएन, आज नेविसंघले साथ दिएको छ,” – उहाँले भन्नुभयो । 

नेविसंघका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका बासिन्दा सुशील भट्टले आफूले राखेको माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो । “हामी सरोकारवालासँग छलफल, ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्छौं, यदि हाम्रो माग सुनुवाइ भएन भने सडक आन्दोलनमा जान्छौँ,” – उहाँले भन्नुभयो । कार्यक्रममा स्थानीयवासी र विद्यार्थीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह