११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास उद्योग वस्तीबाट टाढा लगेर सञ्चालन गर्न नेविसंघको माग

१४ पुष २०७४, शुक्रबार ०७:३३

पुस १४, काठमाडौँ । नेपाल विद्यार्थी संघले नेपाल ग्यास उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

विरगञ्जमा ग्यास उद्योगमा भएको आगालागीमा परी धेरै जनधनको क्षति भएको भन्दै त्यो घटनाबाट पाठ सिकेर बस्तीबाट टाढा लगेर ग्यास उद्योग सञ्चालन गर्नुपर्ने माग गर्दै नेविसंघले आज बालाजु औद्योगिक क्षेत्र अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले नियम, कानूनभन्दा बाहिर खोलिएका उद्योगलाई बस्तीबाट टाढा लगेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ । “वीरगञ्जमा मानिस जिउँदै जलिरहेको छ, त्यस्तो भयानक दृश्य यहाँ देख्न नपरोस् भन्ने उद्देश्यले हामीले खबरदारी गरेका हौँ,” – उहाँले भन्नुभयो । 

उहाँले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको इञ्जिनियरिङ कलेज, सिद्धार्थ वनस्थली इन्टिच्युटलगायतका थुप्रै विद्यालय औद्योगिक क्षेत्रको वरपर सञ्चालन छन्, त्यी विद्यार्थीको सुरक्षाका लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाका–१६ का अध्यक्ष मुकुन्द रिजालले धेरै विद्यालय र बस्ती भएको बालाजु क्षेत्रको बीचमा उद्योग सञ्चालन भएको भन्दै यसलाई तत्काल हटाउनका लागि वडावासीले पटकपटक माग गरिसकेको बताउनुभयो । 

“उद्योग हटाउनका लागि वडाले पाँच महिना पहिले आपूर्ति, उद्योग र वातावरण मन्त्रालयलाई पत्राचार समेत ग¥यौँ, अहिलेसम्म सुनुवाइ हुन सकेन,” – उहाँले भन्नुभयो । 

नेपाली काँग्रेस वडा नं १६ का अध्यक्ष देवेन्द्र पाठकले ग्यास उद्योग हटाउनका लागि भोलिदेखि नै हस्ताक्षर अभियान शुरु गर्ने बताउनुभयो । “टोलवासीले पटकपटक खबरदारी गर्दा पनि सुनुवाइ भएको थिएन, आज नेविसंघले साथ दिएको छ,” – उहाँले भन्नुभयो । 

नेविसंघका केन्द्रीय सदस्य एवं सोही क्षेत्रका बासिन्दा सुशील भट्टले आफूले राखेको माग सुनुवाइ नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो । “हामी सरोकारवालासँग छलफल, ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्छौं, यदि हाम्रो माग सुनुवाइ भएन भने सडक आन्दोलनमा जान्छौँ,” – उहाँले भन्नुभयो । कार्यक्रममा स्थानीयवासी र विद्यार्थीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल