स १४, बर्दिवास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स १४, बर्दिवास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँच"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार: प्रमुख आयुक्त बस्न्यात

१४ पुष २०७४, शुक्रबार १०:२९

स १४, बर्दिवास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले सुशासन प्रवद्र्धनको मुख्य बाधक भ्रष्टाचार भएकाले यसका विरुद्ध सङ्गठित प्रयत्नको खाँचो रहेको बताउनुभएको छ । 

महोत्तरी बर्दिवास–३ गौरीडाँडास्थित आयोगको प्रशासनिक भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो – “भ्रष्टाचारविरुद्धको अभियानमा सबैको सहभागिता आवश्यक रहेको छ । ” 

प्रमुख आयुक्त बस्न्यातले आयोगले आफ्नो तहबाट भ्रष्टाचारविरुद्ध अभियान चालेको बताउँदै भ्रष्टाचारका बिषय सबै क्षेत्रको साझा प्रयत्नले मात्र निर्मूल गर्न सक्ने भएकाले यसमा आम चासो बढाउन आवश्यक छ भन्नुभयो । 

आयोगले भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि र तत्काल कारबाही बढाउन सजिलो होस् भनेर मुलुकका विभिन्न ठाउँमा कार्यालय स्थापना गर्ने अभियानका क्रममा बर्दिवासमा नयाँ प्रशासनिक भवन बनाउन लागिएको कार्यक्रममा जानकारी गराइयो । 

बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित १३ कठ्ठा आठधुर क्षेत्रफलमा रु १३ करोड ९० लाख ६४ हजार १२७ को लागतमा सो भवनको निर्माण कार्य शुरु गरिएको बर्दिवासस्थित आयोगको कार्यालयले जनाएको छ । 

सुरक्षाकर्मी आवासका लागि एउटा तीन तल्ले र प्रशासनिक भवनका लागि अर्को दुई तल्ले भवन निर्माण हुनेछ । दुवै भवनमा गरी २० कोठा हुनेछन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह