११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई पनि सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ: ओली

१४ पुष २०७४, शुक्रबार १२:५७

पुस १४, काठमाडौँ । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । 

नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्ने खाचो औँल्याउनुभयो । 


कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण, पदयात्राको असाधारण महत्व रहेको र योसँगै सिंगो पर्यटन व्यावसायिक पक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो । 

नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ठट्यौली शैलीमा भन्नुभयो, “मलाई सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ तर सम्भव छैन त्यो चुनौतीपूर्ण छ । सगरमाथा आरोहण ‘कुर्सीमा बसेर चेस खेलेजस्तो र टेबलमा राखेर क्यारेमबोर्डको गोटी हानेजस्तो हैन’ यो असाध्यै चुनौतीपूर्ण छ, यस साहसिक काम सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकार निकायले ध्यान दिनुपर्छ ।” 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालको हिमाल सम्पत्ती भएकाले यसको वातावरण सन्तुलन कायम राखी देश र जनताको समुन्नतिमा अधिकतम उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । 

एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो । 

एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो । 

उहाँले एनएमएले वार्षिक रोयल्टी उठाउँदै आएका १२ वटा हिमालको गत भदौ मसान्तमै समयावधि सकिए पनि पर्यटन विभागले अझै नवीकरण नगरेको भन्दै यथाशीघ्र नवीकरणका लागि ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा (माओवादी केन्द्र) का पर्यटन विभाग प्रमुख टेकबहादुर बस्नेत र पर्यटन व्यवसायीको उपस्थिति थियो । 

राससकर्मी पत्रकार पुरस्कृत 

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिवी अधिकारी ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०१६’ बाट पुरस्कृत हुनुभएको छ । 

नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा समाचार र लेखबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल पर्वतारोहण संघ (एनएमए) ले आज आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा अधिकारीलाई नगदसहित सम्मान गरेको हो । 

सोही पुरस्कारबाट पर्यटन पत्रकार प्रकाश खालिङ र फोटो पत्रकार हरि गोपाल प्रधानलाई पनि सम्मान गरिएको छ । 

यसैगरी यस वर्षको ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’ बाट दि राइजिङ नेपालका सम्पादक बल्लभमणि दाहाल पुरस्कृत हुनुभएको छ । 

यस्तै कुमार खड्ग विक्रम साहसिक पुरस्कारबाट चर्चित आरोही मिङमा शेर्पा र डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०७३/०७४ मा संघअन्तर्गतका हिमालको सर्वाधिक आरोहण अनुमति जारी गर्ने उत्कृष्ट १० वटा स्रोत संस्थालाई पुरस्कृत गरिएको थियो । संस्थाका तर्फबाट ती सबै पुरस्कार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह