२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई पनि सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ: ओली

२०७४, १४ पुष शुक्रबार १२:५७

पुस १४, काठमाडौँ । मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । 

नेपाल पर्वतारोहण संघ (एनएमए) को २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्ने खाचो औँल्याउनुभयो । 


कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण, पदयात्राको असाधारण महत्व रहेको र योसँगै सिंगो पर्यटन व्यावसायिक पक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो । 

नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ठट्यौली शैलीमा भन्नुभयो, “मलाई सगरमाथाको चुचुरोमा पुगौँपुगौँ लागेको छ तर सम्भव छैन त्यो चुनौतीपूर्ण छ । सगरमाथा आरोहण ‘कुर्सीमा बसेर चेस खेलेजस्तो र टेबलमा राखेर क्यारेमबोर्डको गोटी हानेजस्तो हैन’ यो असाध्यै चुनौतीपूर्ण छ, यस साहसिक काम सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकार निकायले ध्यान दिनुपर्छ ।” 

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालको हिमाल सम्पत्ती भएकाले यसको वातावरण सन्तुलन कायम राखी देश र जनताको समुन्नतिमा अधिकतम उपयोग गरिनुपर्ने धारणा राख्नुभयो । 

एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो । 

एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो । 

उहाँले एनएमएले वार्षिक रोयल्टी उठाउँदै आएका १२ वटा हिमालको गत भदौ मसान्तमै समयावधि सकिए पनि पर्यटन विभागले अझै नवीकरण नगरेको भन्दै यथाशीघ्र नवीकरणका लागि ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा (माओवादी केन्द्र) का पर्यटन विभाग प्रमुख टेकबहादुर बस्नेत र पर्यटन व्यवसायीको उपस्थिति थियो । 

राससकर्मी पत्रकार पुरस्कृत 

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिवी अधिकारी ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०१६’ बाट पुरस्कृत हुनुभएको छ । 

नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा समाचार र लेखबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल पर्वतारोहण संघ (एनएमए) ले आज आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा अधिकारीलाई नगदसहित सम्मान गरेको हो । 

सोही पुरस्कारबाट पर्यटन पत्रकार प्रकाश खालिङ र फोटो पत्रकार हरि गोपाल प्रधानलाई पनि सम्मान गरिएको छ । 

यसैगरी यस वर्षको ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’ बाट दि राइजिङ नेपालका सम्पादक बल्लभमणि दाहाल पुरस्कृत हुनुभएको छ । 

यस्तै कुमार खड्ग विक्रम साहसिक पुरस्कारबाट चर्चित आरोही मिङमा शेर्पा र डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ । 

आर्थिक वर्ष २०७३/०७४ मा संघअन्तर्गतका हिमालको सर्वाधिक आरोहण अनुमति जारी गर्ने उत्कृष्ट १० वटा स्रोत संस्थालाई पुरस्कृत गरिएको थियो । संस्थाका तर्फबाट ती सबै पुरस्कार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा