२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पचास लाख पर्यटक भित्र्याउने योजना छ: नेता सापकोटा

२०७४, १४ पुष शुक्रबार १६:४८

पुस १४, काठमाडौँ (रासस) | नेकपा (माओवादी केन्द्र) का नेता अग्निप्रसाद सापकोटाले मुलुकको पर्यटन क्षेत्रलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । 

वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित नेता सापकोटाले गठबन्धन सरकार बनेलगत्तै ५० लाख विदेशी पर्यटक भित्र्याउने गरी योजना अघि बढाउने उल्लेख गर्नुभयो । 

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए)को १४औँ वार्षिक साधारणसभाको यहाँ आज उद्घाटन गर्दै नेता सापकोटाले समग्र पर्यटन यातायातको प्रवद्र्धन र व्यवस्थित गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, टानका अध्यक्ष नवराज दाहाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टुर्गानका निवर्तमान अध्यक्ष हरेराम बराललगायतले नेपालको पर्यटक यातायातको उत्थानका लागि आफूहरु लागिपर्ने र त्यसका लागि एनटिभिएसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो । 

सो अवसरमा एनटिभिएका संस्थापक अध्यक्ष रामहरि शर्मा, पूर्वअध्यक्ष मनोज श्रेष्ठका साथै न्यूज २४ टेलिभिजनका समाचार संयोजक संगम बानियाँ, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे र शिखरपोष्टका प्रधान सम्पादक प्रकाश खालिङलाई सम्मान गरियो । 

एनटिभिएको अध्यक्षमा कार्की निर्विरोध 

एनटिभिएको साधारणसभाले नेपाल कम्फर्ट टुर्स सर्भिसका सञ्चालक रामशरण कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोधरुपमा चयन गरेको छ । 

समितिमा प्रथम उपाध्यक्ष तिलक लोहार, द्वितीय उपाध्यक्ष कैलाश कार्की, महासचिव सन्तोष न्यौपाने, सचिव प्रकाश सापकोटा र कोषाध्यक्ष शंखनारायण महर्जन रहनुभएको छ भने कार्यसमिति सदस्यमा काजी थापा, भरत तिमिल्सिना, प्रतिकार कार्की, शम्भुप्रसाद खकुरेल र अनिल मोक्तान रहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह