११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रीय कार्यालयमा नेताहरुवीच हात हालाहाल

१५ पुष २०७४, शनिबार ०५:२४

पुस १५, काठमाडौं । प्रदेश सभाका लागि माओवादी केन्द्रका समानुपातिक सांसद छनोटका विषयमा विवाद हुंदा नेताहरुबीचमै हात हालाहाल भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी ३ नम्बर प्रदेश ईन्चार्ज हितमान शाक्य र संयोजक झक्कु सुवेदी र असन्तुष्ट कार्यकताबीच हात हालाहाल भएको हो ।

सधैंजस्तो शुक्रबार पनि केन्द्रीय कार्यालयको छतमा माओवादी नेताहरु शाक्य, सुवेदी लगायत घाम ताप्दै बसेका थिए । त्यहिबेला पराजुली आइपुगे । ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदीकी छोरी भावना, प्रेस सेन्टर संयोजक महेश्वर दाहालकी श्रीमती सीता, जो अहिले चितवनमा पसल खोलेर बसेकी छन्, र दोलखाका आङदेण्डी लामालाई प्रदेशसभा सांसद किन बनाएको भन्दै पराजुलीले विरोध गरेपछि विवाद बढेको थियो ।

कसैका छोरी, कसैका श्रीमती, कसैका बुहारीलाई सांसद बनाउने तर पार्टीमा योगदान गरेका, शहिद परिवारलगायतलाई किन हटाएको भनेर आफूले भनेको र उनीहरुले तपाईंले भनेर हुँदैन भन्ने जवाफ दिएपछि विवाद बढेको पराजुलीले बताए ।

उनले भने, ‘आन्दोलन गरेका महिलाहरु छन्, शहिद परिवार छन् तर पसल थापेर बसेकालाई सांसद बनाउने ? तपाईंहरुले गरेको के हो ? यही हो नेतृत्व ? नामावली सच्याउनुस् भनेको थिएँ । तर झक्कु सुवेदीले तपाईंले भनेर हुँदैन, उहाँहरुको पनि दुःख छ, अब सच्चिदैन भनेपछि विवाद बढेको हो ।’

सिन्धुपाल्चोक जिल्लाबाट एक जना पनि समानुपातिक सूचीमा परेको छैन । तीन नम्बर प्रदेशको समानुपातिक सूचीमा संयोजक सुवेदीले जनयुद्धदेखी योगदान गरेका सहिद परिवारलाई समेत पन्छाएर आफ्नी छोरी भावना सुवेदी र नेता महेश्वर दाहालकी श्रीमती सिता दाहाललाई सांसद बनाएको आरोप छ । त्यस्तै ३ नम्बर क्षेत्रबाटै समानुपातिक सूचीमा परेका आङ्देण्डी लामाले प्रदेशका शीर्ष नेताहरुलाई मोटो रकम बुझाएर सांसद बन्न लागेको आरोप पनि लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह