११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र ओलीलाई पार्टी एकताकै दिन राजनीतिबाट सन्यास लिन सुझाव

१६ पुष २०७४, आईतवार ०७:०२

पुस १६, काठमाडौं | नेकपा एमालेका युवा नेता तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।

पेशागत विशेष जिल्ला कमिटि काठमाडौँले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले नयाँ एकीकरणको संघारमा रहेका माओवादी र एमालेका अध्यक्षद्वयलाई पार्टी एकताको प्रक्रिया पूरा गरेर राजनीतिबाट सन्यास लिन आग्रह गरेका हुन्  ।

एमाले सचिव समेत रहेका भट्टराईले पार्टी एकता नागरिकबाट अनुमोदन भइसेकाले अब चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिए । उनले भने ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन ।’

भट्टराईले एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताले लिने भन्दै ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानुपर्ने बताए ।

भट्टराईले प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान र कानुनमा रहेको छिद्र खोजेर सत्ता लम्ब्याउन खोजेको आरोप लगाए । उनले बहुमत पाएको दललाई नयाँ सरकार बनाउन यथासिघ्र मार्ग प्रसस्त गर्नु देउवालाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह