२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण विष्टले २० दिनमै पुरा गरे चुनावी प्रतिबद्धता

२०७४, १७ पुष सोमबार ०३:११

पुस १७, काठमाडौँ । गएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण विष्ट भोट माग्न रेसुंगा नगरपालिका–६ को चेक्मी पुगे । 

उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिँचाइ मागेका थिए । यो खबर टोपलाल अर्यालले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् 

विष्टले चुनाव जितेर काठमाडौं फर्किएको केही दिनमै त्यो माग पूरा गर्ने वचनसमेत दिएका थिए । नभन्दै विजयी भएको २० दिनमा सांसद विष्टले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । 

अहिले सोलार लिफ्टिङबाट घरनजिकै दुई इन्चको पाइपमा पानी आउँदा स्थानीय हर्षित एवं उत्साहित छन् । ‘गाउँमा पानी नभएकाले थुप्रै खेतीयोग्य जमिन बाँझो छ,’ स्थानीय दुर्गा मरासिनीले सांसद विष्टलाई आश्वासन दिँदै भने, ‘अर्कोचोटि तपाईं आउँदा गाउँ तरकारीमय हुनेछ ।’

चेक्मीको खालाचौरबाट सात सय मिटरमाथि डाँडोमा पानी तानिएको रेसुंगा नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष गनबहादुर गुरुङले बताए । परियोजना सफल भएपछि सोही स्थानका एक सय ५० घरले सहज रूपमा सिँचाइ गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केसीले बताए । 

विनाव्याट्री सोलारका पातामार्फत पानी तान्ने यो प्रविधि देशमा धेरै स्थानमा उपलब्धिमूलक रहेको प्राविधिक सुरेश राहुतले बताए । यो सञ्चालन गर्न एक हप्ताको समय लाग्ने उनले बताए । 

प्रविधिलाई स्थानीयले जतन गरे पाँच वर्षसम्म केही नहुने प्राविधिक राहुतको भनाइ छ । ‘सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ, तर पनि संरक्षण हुनुपर्‍यो,’ उनले भने, ‘पाँच वर्ष मेसिनकै ग्यारेन्टी हुन्छ ।’

स्थानीयको तीन लाख साझेदारी गरी २५ लाखमा उक्त सिँचाइ परियोजनाको सफल परीक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए । अझै पोखरी मर्मत तथा वितरणको काम बाँकी भएकाले लागत बढ्न सक्ने उनको भनाइ छ । 

चेक्मी गाउँमा पुगेर सो योजनाको उद्घाटन गरेका गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण विष्टले जिल्लाका अरू ४० देखि ५० स्थानमा खानेपानी तथा सिँचाइका निम्ति सोलार लिफ्टिङ सञ्चालन गर्ने बाचा गरे । 

‘पानी खस्दा मात्र सफलता नठान्नुस्, म यो गाउँमा तरकारी फलेको हेर्न चाहन्छु, ‘उनले भने, ‘परियोजनाको संरक्षण पनि तपाईंहरूको कर्तव्य हो ।’ उनले जिल्लामा अबको पाँच वर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

साना समस्याका लागि स्थानीय निकायहरू भएकाले ठूला समस्याका लागि आफू सधँै जनताको पक्षमा रहेको विष्टले प्रतिक्रिया दिए । ‘चुनावका वेला जनतासमक्ष गरेका बाचा पूरा गर्ने दिन सुरु भए,’ उनले भने, ‘सरकार गठनपछि काममा सक्रिए भएर लाग्छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह