२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोकर्ण विष्टले २० दिनमै पुरा गरे चुनावी प्रतिबद्धता

१७ पुष २०७४, सोमबार ०३:११

पुस १७, काठमाडौँ । गएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा गोकर्ण विष्ट भोट माग्न रेसुंगा नगरपालिका–६ को चेक्मी पुगे । 

उनले भोट माग्दा चेक्मीका स्थानीयले तरकारी खेतीका लागि सिँचाइ मागेका थिए । यो खबर टोपलाल अर्यालले आजको नयाँ पत्रिका दैनिकमा लेखेका छन् 

विष्टले चुनाव जितेर काठमाडौं फर्किएको केही दिनमै त्यो माग पूरा गर्ने वचनसमेत दिएका थिए । नभन्दै विजयी भएको २० दिनमा सांसद विष्टले आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । 

अहिले सोलार लिफ्टिङबाट घरनजिकै दुई इन्चको पाइपमा पानी आउँदा स्थानीय हर्षित एवं उत्साहित छन् । ‘गाउँमा पानी नभएकाले थुप्रै खेतीयोग्य जमिन बाँझो छ,’ स्थानीय दुर्गा मरासिनीले सांसद विष्टलाई आश्वासन दिँदै भने, ‘अर्कोचोटि तपाईं आउँदा गाउँ तरकारीमय हुनेछ ।’

चेक्मीको खालाचौरबाट सात सय मिटरमाथि डाँडोमा पानी तानिएको रेसुंगा नगरपालिका वडा नम्बर–६ का वडाध्यक्ष गनबहादुर गुरुङले बताए । परियोजना सफल भएपछि सोही स्थानका एक सय ५० घरले सहज रूपमा सिँचाइ गर्न पाउने उपभोक्ता समितिका सचिव गोपाल केसीले बताए । 

विनाव्याट्री सोलारका पातामार्फत पानी तान्ने यो प्रविधि देशमा धेरै स्थानमा उपलब्धिमूलक रहेको प्राविधिक सुरेश राहुतले बताए । यो सञ्चालन गर्न एक हप्ताको समय लाग्ने उनले बताए । 

प्रविधिलाई स्थानीयले जतन गरे पाँच वर्षसम्म केही नहुने प्राविधिक राहुतको भनाइ छ । ‘सोलार सिस्टम भएकाले बिग्रने सम्भावना कम हुन्छ, तर पनि संरक्षण हुनुपर्‍यो,’ उनले भने, ‘पाँच वर्ष मेसिनकै ग्यारेन्टी हुन्छ ।’

स्थानीयको तीन लाख साझेदारी गरी २५ लाखमा उक्त सिँचाइ परियोजनाको सफल परीक्षण गरिएको उपभोक्ता समिति अध्यक्ष दुर्गा मरासिनीले बताए । अझै पोखरी मर्मत तथा वितरणको काम बाँकी भएकाले लागत बढ्न सक्ने उनको भनाइ छ । 

चेक्मी गाउँमा पुगेर सो योजनाको उद्घाटन गरेका गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण विष्टले जिल्लाका अरू ४० देखि ५० स्थानमा खानेपानी तथा सिँचाइका निम्ति सोलार लिफ्टिङ सञ्चालन गर्ने बाचा गरे । 

‘पानी खस्दा मात्र सफलता नठान्नुस्, म यो गाउँमा तरकारी फलेको हेर्न चाहन्छु, ‘उनले भने, ‘परियोजनाको संरक्षण पनि तपाईंहरूको कर्तव्य हो ।’ उनले जिल्लामा अबको पाँच वर्ष खानेपानी, सडक र बिजुलीलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

साना समस्याका लागि स्थानीय निकायहरू भएकाले ठूला समस्याका लागि आफू सधँै जनताको पक्षमा रहेको विष्टले प्रतिक्रिया दिए । ‘चुनावका वेला जनतासमक्ष गरेका बाचा पूरा गर्ने दिन सुरु भए,’ उनले भने, ‘सरकार गठनपछि काममा सक्रिए भएर लाग्छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…