११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मत परिणाम सार्वजनिक गर्न युवा विद्यार्थीको माग

१७ पुष २०७४, सोमबार १२:१८

पुस १७, काठमाडौँ । संयुक्त विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेपछि समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउन माग गर्दै आज निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । 

अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तिकारी), वाइसिएल र युवा संघ नेपालका प्रतिनिधिले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त पत्रमा वाम गठबन्धनको परिणामबाट आत्तिएर विदेशी योजना र नेपाली काँग्रेसका निर्देशनमा गठबन्धन छुटाउने र नयाँ सरकार गठन गर्न नदिने आरोप लगाउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्न नदिनका लागि चाँडो परिणाम सार्वजनिक गर्न माग गरिएको छ । 

पत्र बुझेपछि डा यादवले संवैधानिक र कानुनी जटिलताले केही ढिला भएको स्वीकार्दै दलहरुले ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने व्यवस्थाले गर्दा निर्धारित समयमा काम गर्न नसकिएको बताउनुभयो । 

राष्ट्रियसभामा स्वतन्त्र दल पनि सहभागी हुन पाउने व्यवस्था गरिएको बताउँदै उहाँले दललाई नाम सच्याउन आज पत्राचार गरिने जानकारी दिनुभयो । आयोगले ती सबै कानुनी प्रक्रिया पूरा गरेपछि परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह