११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस हारेपनि बिपी विचारको जित: शर्मा

१८ पुष २०७४, मंगलवार ०५:५३

पुस १८, चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीयरुपमा कमजोर भएपनि बिपीको विचारको जित भएको बताउनुभएको छ । 

नेपाली काँग्रेस, चितवनले सोमबार यहाँ आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको हार भएपनि बिपीको विचारको जित भएको बताउनुभएको हो । 

बिपीको विचारलाई मनन गर्दै कम्युनिष्ट अघि बढ्न थालेको भन्दै उहाँले अहिलेको हारबाट काँग्रेसका कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बिपीको विचारमा कम्युनिष्ट आइरहेको भन्दै उहाँले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताउनुभयो । 

काँग्रेसले मधेश—पहाड—तराई जोड्न सकेको भन्दै उहाँले बिपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । बिपीको विचारलाई परिस्कृत गर्दै समाज रुपान्तरण र पार्टी रुपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माले बताउनुभयो । 

सोही कार्यक्रममा बोल्दै अर्का केन्द्रीय सदस्य बद्रि पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताउनुभयो । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै उहाँले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । 

प्रजातन्त्रमा सबैको जित हुने भन्दै उहाँले सबै दलमा सहिष्णुताको आवश्यकता रहेको बताउनुभयो । अब काँग्रेसजनले व्यक्तिगत इच्छालाई थाति राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले बताउनुभयो । 

नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्व सांसद सावित्री बोगटी पाठक, पूर्व सभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह