११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद सिलवालले पक्राउ पुर्जीबारे दिए मलेसियाबाटै यस्तो प्रतिक्रिया

१९ पुष २०७४, बुधबार १०:०८

पुस १९, काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले आफु फरार नभएको बताएका छन् ।

मलेसियामा रहेका सिलवालले आफू पूर्व निर्धारित कार्यक्रममा भाग लिन आएको सबैलाई जानकारी रहेको भन्दै अनावश्यक रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले प्रतिशोधका लागि एकपछि अर्को प्रचारबाजी गरेकोसमेत बताएका छन् ।

टेलिफोनमा कुरा गर्दै सिलवालले भने, ‘म फरार पनि छैन र मलाई पक्राउ गर्नुभन्ने पत्र पनि आएको छैन । अनुसन्धानलाई सघाउन म सधैं तयार छु । म काठमाडौंमा हुन्जेल केही भएन, अहिले कार्यक्रममा आएको मौकामा प्रहरीका केही अधिकारीलाई धम्की दिएर पक्राउको हल्ला चलाइएको छ ।’

सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भएको लज्जास्पद पराजयको प्रतिशोध लिन र पार्टीभित्रको बहस अन्यत्र मोड्न देउवाले आफूबिरुद्ध सिलसिलेवार प्रोपोगाण्डा मच्चाएको आरोपसमेत लगाएका छन ।

उनले कासमु किर्ते काण्डमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल र सरकार नै संलग्न रहेको भन्दै अहिलेको प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुनेमा शंका गरेका छन् ।

सिलवालले भने, ‘मैले अनलाइनहरुमा आएको कासमुको विवरण फोटोकपी गरेर बुझाएको हो । यस प्रकरणमा तत्कालिन आइजिपी उपेन्द्रकान्त अर्याल लगायतका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ । म सडकबाट राज्यसँग लडेको व्यक्तिले कसरी किर्ते गर्न सक्छु ? यो त ममाथि ज्यादतिको पराकाष्ठा हो ।’

आफू चुनाव जितेर जनताबीच हुन्जेल प्रहरीले नखोजेको र कार्यक्रमका लागि बाहिर गएको बेला बदनाम गर्ने नियतले फण्डा चलाइएको सिलवालले बताए । आफूबिरुद्ध मुद्दा लडेको व्यक्ति प्रकाश अर्याल नै अहिले आइजिपी भएकाले देउवा र अर्याल दुवै जना प्रतिशोधमा उत्रिएको उनको भनाइ थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार मात्र ललिपतुर प्रहरीलाई पत्र लेखी सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो । प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले कासमु फरक भएको प्रसङ्गमा कस–कसको गल्ती हो छानबिन गर्न निर्देशन दिएको थियो । -अनलाइनखबर 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह