२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपायललाई प्रादेशिक राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र

२० पुष २०७४, बिहीबार ०७:२१

पुस २०, काठमाडौँ । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै विभिन्न दलका नेता कार्यकर्ताले प्रमुख दलका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाई दबाब दिएका छन् । 

डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

उक्त प्रतिनिधिमण्डलले आज काठमाडौँमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेललाई सो माग बारेको ज्ञापनपत्र बुझाएको डोटीका प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयो । 

ज्ञापनपत्रमा राणाकालीन समयदेखि नै दिपायल सुदूरपश्चिमको केन्द्र रहेको र सबै जिल्लाको समदुरीमा रहेकाले दिपायललाई नै हाललाई अस्थायी प्रादेशिक राजधानी तोक्नुपर्ने माग गरिएको छ । 

अन्नको भण्डारका रुपमा रहेको तराईको सीमित भू–भागमा हुने तीव्र बसाइँसराइ, वैदेशिक सुरक्षा संवेदनशीलता, संघीयताको आधारभूत मूल्यमान्यताले पनि दिपायल सामरिक महत्वको क्षेत्र भएको ज्ञापनपत्रमा उल्लेख छ । 

ज्ञापनपत्रमा प्रतिनिधिसभा सदस्य एवं एमाले नेता आलेमगर, काँग्रेस महासमिति सदस्य एवं डोटी (क) प्रदेशसभा सदस्य भरतबहादुर खड्का, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी (ख)का प्रदेशसभा सदस्य त्रिलोचन भट्ट लगायतको हस्ताक्षर रहेको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु