११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुन्छ’

२० पुष २०७४, बिहीबार १५:५१

पुस २०, सुर्खेत । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले आ–आफ्ना कमीकमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुने बताएका छन् । 

उनले विगतमा भएका कमीकमजोरीले निर्वाचनमा पार्टी पराजित भएको हु“दा अव सवैले आ–आफ्ना कमजोरी सच्याएर अगाडि बढ्नुपर्ने बताएका हुन् । यदि सधैं अरुलाई दोषमात्र लगाउने तर आफ्ना कमीकमजोरीहरु सच्याउन सकिदैंन भने त्यस्ताले पार्टी छोडेर जानसक्ने उल्लेख गरे ।

विहीवार पूर्वी सुर्खेतका छिन्चु, मैनतडा, मेहेलकुना, सहारे, घुमखहरे, गुमी र लेखफर्साका मतदातासंग भेटघाट गर्दै नेता थानीले पार्टीलाई क्रियाशील र मजबुत बनाउने होभने सवैले आफ्ना कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए । 

उनले कारबाहीभन्दा पनि आफ्नो गल्ती सच्याएर अगाडि बढ्नु नै संगठन विस्तारको राम्रो बाटो भएको बताए । कारबाही मात्रै समाधानको बाटो होइन भन्दै थानीले सर्वप्रथम आफू सच्चिने र यदि सच्चिन नसक्ने भए पार्टी छोडेर गए हुने सुझाव दिए । थानीले आफू पराजित भएपनि जिल्लाको विकासका लागि सदैव लाग्ने प्रतिवद्धतापनि दोहो¥याए ।

कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विगतमा केही कमीकमजोरीहरु भएका कारण निर्वाचनमा पार्टीले हारेको भन्दै अव पाठ सिकेर पार्टीलाई गाउ“गाउ“ मा क्रियाशील बनाउनुपर्नेमा जोड दिए । गुमीका वडासभापति पदम गुरुङले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । 

लेखफर्साका सभापति देवेन्द्र पचभैयालगायतका कार्यकर्ताहरुले कांग्रेसको आगामी दिशालगायतका वारेमा जिज्ञासा राखेका थिए । ती कार्यक्रमहरुमा कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य वीरसिंह घर्ती, क्षेत्रीय सभापति नारायण कोइरालालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह