११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभा निर्वाचनमा देशभरबाट २०५६ जनाले मतदान गर्ने, क-कसले हाल्न पाउँछन् मत ?

२१ पुष २०७४, शुक्रबार ०३:५०

पुस २१, काठमाडौं | राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्य सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् । त्यस्तै सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । 

कुन प्रदेशमा कति मतदाता ? 


प्रदेश नम्बर १: ३६७

प्रदेश नम्बर २: ३७९

प्रदेश नम्बर ३: ३४८

प्रदेश नम्बर ४: २३०

प्रदेश नम्बर ५: ३०५

प्रदेश नम्बर ६: १९८

प्रदेश नम्बर ७: २२९

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत धेरै मतदाता हुँदा धेरै सदस्य चुनिने भन्ने कुरा भने हुँदैन । प्रदेश नम्बर २ मा ३७९ मतदाता हुँदा र प्रदेश नम्बर ६ मा १९८ मतदाता हुँदा यी दुवै प्रदेशमा समान संख्यामा सदस्य निर्वाचित हुनेछन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन/तीन महिला अनिवार्य निर्वाचित हुनेछन् भने अनिवार्य एक/एक दलित र एक/एक अपांग वा अल्पशंख्यक सदस्य निर्वाचित हुने प्रावधान छ । त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । 

राष्ट्रिय सभा निर्वाचनमा क-कसले मत हाल्न पाउँछन् ? 

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख १५०६ जना सहित प्रदेश सभाबाट ५५० जनाले मत हाल्न पाउनेछन् । संबिधानमा ब्यबस्था भए अनुसार प्रदेशमा जति मतदाता भएपनि हरेक प्रदेशमा ८/८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने प्रावधान छ । निर्वाचन आयोगले प्रदेश सभाको मतदाताको नामावली भने तयार पारिसकेको छैन किनकी आयोगले अहिलेसम्म प्रदेशसभाको मतपरिणाम घोषणा गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह