२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाले शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृतलाई कालोमोसो दल्यो

२१ पुष २०७४, शुक्रबार १२:२९

पुस २१, डोल्पा । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई नेपाल कम्यूनिष्टका कार्यकर्ताले कालो मोसो लागाएका छन । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगार्डमा वार्डेन चौधरीकै कार्यकक्षमा गएर कालोमोसो लगाई कार्बाही गरिएको नेपाल कम्युनिष्ट पार्टी डोल्पाले जनाएको छ । 

शुक्रबार बिहान ११ बजे तिर करिव १०/१२ जनाको समुहले निकुञ्जको कार्यलमा गएर समातेर कालोमोसो अनुहार भरी लागएको जनाइएको बिप्लब समूहले जानकारि दिएको छ । आर्थिक हिनामीना गरेको भन्दै संरक्षण अधिकृत चौधरीलाइ सांकेतिक कारवाही गरेको बिप्लबले दावी गर्दै प्रेश बिज्ञप्ती समेत निकालेको छ । 

बिप्लवका समूहले संरक्षण अधिकृत चौधरीलाइ कालो मोसो लगादै गर्दा निकुञ्जको कार्यलमा रहेका अन्य कर्मचारि र नेपाल कम्युनिष्टका कार्यकर्ता बिच ढुङ्गा हानाहाना गरेर दोहोरो भिडन्त समेत भएको एक स्थानियले बताएका छन । 


सांकेतिक कारवाही पछि शुक्रबार एक प्रेश बिज्ञप्ती मार्फत डोल्पामा आए देखि बिभिन्न समयमा बिकृति बिसंगती र भ्रष्टाचार गरेको सार्बजनिक गर्दै शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाका वार्डेन निकुञ्ज संरक्षण अधिकृत रामदेब चौधरीलाइ साँकेतिक रुपमा कालोमोसो अनुहारमा दलेर कारवाही गरिएको बिज्ञप्ती मार्फत सर्बजनिक गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी डोल्पाको बिज्ञप्ती अनुसार संरक्षण अधिकृत चौधरीले लामो समय डोल्पामा अधिकृतको रुपमा बस्दै आउदा डोल्पामा पाइने महत्वपुर्ण जडीबुटीको राजस्व दाखिला नगरी कमिशन खाएको,यार्चागुम्बा संकलन रसिदमा अनियमितता गरेको, एकल शासन लादेको, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज भित्रका टेण्डरबाट कमिसन खाएको, कार्यालयका कर्मचारिहरु माथी यौन द्ध्ररब्यवहार गरेको श्रम सोषण गरेको,कम्यूनिष्ट पार्टिको बिरोध गरेका जस्ता दर्जनौ गलत काम गरेको बिज्ञप्तीमा  जनाइएको छ । 

बाहिर हेर्दा अत्यन्त इमानदार भएको देखाउने र ब्यावाहारमा कुरुर काम गर्ने एक्कलकांटे संरक्षण अधिकृत चौधरीलाइ आफनो पार्टिले सांकेतिक कारवाही गरेकोले यस बाट इमान्दार राष्ट्रबादी कर्मचारहिरुलाई उत्साहित मिलेको बिप्लवको दावी रहेको छ । तर गलत नियत भएका र भ्रष्ट सरकारी तथा गैरसरकारी कर्मचारिहरुलाई सच्याउनको लागी रामदेब चौधरी जस्तालाई कारवाही गरेको नेपाल कम्यनिष्ट पार्टी डोल्पाले बिज्ञप्ती मार्फत सर्बजनिक गरेको छ । 

कसरि कस्ले गरेको र किन गरेको भनेर जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझदा कुनै पनि जानकारि नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारि दिएको छ । उता शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयमा सम्पर्क गर्दा भने फाने नै नउठे पछि पिडीतको आधिकारीक जानकारि आउन भने बांकी नै रहेको छ । सरोज थापाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य