११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वाणगंगा यातायात ब्यावसायीद्धारा सम्मान कार्यक्रम सम्पन्न

२१ पुष २०७४, शुक्रबार १२:३२

माधव बेल्वासे/पुस २१, कपिलवस्तु  । कपिलवस्तुका सांसदहरुले जिल्लाको सम्रग  विकाशको लागी प्रतिवद्धता जनाएका छन । 

वाणगंगा यातायाता व्यावसाय समितिद्धारा चन्द्रौटामा आयोजित सम्मान कार्यक्रम वोल्दै कपिलवस्तु क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य वृजेश कुमार गुप्ताले अव बन्ने सरकार र विपक्षी दलहरु एक आपसमा  मिलेर कपिलवस्तुको विकाश गनुपर्ने वताए ।जनता को मतलाई कदर गर्दै जनतासग गरेको प्रतिवद्धताहरु पुरा गर्ने जनाए ।

चुनावको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाएको  भएपनि अव हातेमालो गरेको जिल्लाको सवै पक्षमा विकाश गर्नुपर्ने जनाए ।जिल्ला एक एतिहासिक जिल्ला रहेकोले पर्यटकहरुको आगमनका लागी पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी यस जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउनु पर्नेमा जोड दिए ।प्रदेशको राजधानी बनाउने सन्र्दभमा वोल्दै सांसद गुप्ताले कपिलवस्तु प्रदेशकै केन्द्र रहने भएकाले यसलाई राजधानी बनाउनुपर्ने जिकिर गरे ।

दाङ र वुटबल राजधानी हुने हल्ला आएपनि स्थायी राजधानी कपिलवस्तुको विकल्प नरहेको उद्धघोष गरे ।यदि यस विरुन्द्ध भएमा कपिलवस्तु वासी सडकमा उत्रिने चेतावनी दिए ।


त्यस्तै क्षेत्र न ३ का सांसद अभिषेक प्रताप शाहले कपिलवस्तु एक करिडोर रहकोले अव विकाश गतिले तिव्रता लिने जनाए ।सवै राजनितिक दल एकजुट भएर कपिलवस्तुको विकाशमा लाग्नुपर्नेमा सांसद शाहले जोड दिए ।कपिलवस्तुमा किसानहरुका धेरै समस्या देखीएकोले अव सवैको ध्यान कृषि तर्फ लागेर यस जिल्लालाई कृषीमा विकाश गर्नुपर्ने वताए ।विकाशका वजेटहरु सडक निमार्णमा मात्र लाग्ने गरेकोले अव अन्य क्षेत्रमा वजेटको विनियोजन गनुपर्ने वताए । 

हाल सम्म सविद्यान निमार्ण र कार्यन्वयन तर्फ भएपनि अव देश आर्थिक समृद्धी तर्फ लाग्ने जनाए ।राजधानीको सवालमा बोल्दै सांसद शाहले प्रदेश न ५ को राजधानि कपिलवस्तुको विकल्प नरहेको वताए ।

कपिलवस्तुका संसादहरुले कपिलवस्तु प्रदेशको राजधानी हुनुपर्ने वताएका छन ।गौतम वुद्ध जन्मेको स्थान तथा एक एतिहासिक पर्यटकीय स्थलहरु रहेकोले यो जल्लामा प्रदेशको राजधानि हुनुपर्ने माग रहेको छ ।

सम्मान कार्यक्रममा बोल्दै कपिलवस्तु प्रतिनिधि सभा ३ प्रदेश सभा १ का सदस्य अर्जुन कुमार केसीले पिछडिएको जिल्ला भनेर चिनिने कपिलवस्तुलाई यस क्षेत्रका जनताको जवनस्तिर उकास्नुपर्ने वताए ।कपिलवस्तु जिल्लामा २ मेघा पोरजेक्ट आवश्यक रहेको वताए ।तिलौराकोट व्यावस्थित र राप्ती  तथा नौमुरे परियोजना संचालनको लागी आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै कार्यक्रममा कपिलवस्तु क्षेत्र १ का प्रदेश सभा १ का सदस्य विष्णु पन्थि,१ को २ का सदस्य सहसराम यादव,क्षेत्र २ का प्रदेश सभा १ का सदस्य दृघनारायण पाण्डे,क्षेत्र न २ प्रदेश सभा २का सदस्य धर्मवहादुरलाल श्रीवास्तव लगाएतले सवै हातेमालो गरेर कपिलवस्तुको विकाश गर्नुपर्नेमा जोड दिएका थिए ।वाणगंगा यातायात समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगाएत पदाधिकारीले कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह