प्रेम सुनार । सदियौपछि जनताले सवैलाई पायक पर्ने र वजारिकरणका लागि उपयुक्त थलोमा स्थानिय सरकारको प्रशासनिक निकाय रोज्ने र राख्ने अवसर पाएका छन ।
सदियौं देखि जति पनि साविकका गाविसहरु छन् त्यहाँका हरेक डाँडा लाईनमा ‘ठुलाबडा’हरुको वोलवाल रहँदै आएको छ । उनिहरुले नै सारा कुनाकन्दरा, खोलाखालीमा बस्ने जनताहरु माथी शासन लाद्दै आएको कुरा कसैबाट छुपेको छैन् । सवै सरकारी कार्यालय उनैको घर वरीपरी हुनु पर्ने , विद्यालय पनि त्यस्तै ।
अझ ति विद्यालयमा उनका छोरा , वुहारी र छोरीले अनिवार्य जागिर पाउनै पर्ने, उनिहरुको त्यस विद्यालयमा बोलवाल रहि रहनै पर्ने, उनिहरु कै घर सामु स्वाथ्य केन्द्र र सवै खाले सुविधा उनिहरुले नै नजिकबाट लिई रहनै पर्ने, तर कुनाकन्दरा र दल खोलाखालीका जनता भने सधै ज्वरो आएको वेला एउटा सिटामल किन्न पनि घण्टौं उकाली ओराली गर्नु पर्ने । यसको अन्त्य हुनै पर्छ । अव डाँडाका ठुलाबडाहरु पनि हिजो जसरी ति कुना कन्दरा र खोलाखालीका जनताहरुले झै उकाली ओराली गर्ने चेष्टा गरौं ।
हुन त खानदानी परिवारमा जन्मिनु भएकोले ति कुनकुन्दराका जनता जो यो पुस माघको चिसोमा पनि खाली पैदाला उकाली ओराली गर्न सक्छन , त्यस्तै तपाईहरु गर्न सक्नु हुन्न होला , वरु त्यसका लागि अतिरिक्त सुविधा दिन सकिएला, जस्तै तपाईहरुलाई प्रशासनिक निकाय सम्मको सेवा लिन घर सम्म गाडी ल्याउन लैजानको व्यस्था मिलाएर भए पनि ।
तर कृपया सदियौ पछि ति कुनाकुन्दराका जनतालाई अवसरको किरण झुल्कीएको छ त्यसलाई चुम्न दिनुहोस् । हेर्नुहोस त हिजोको मुसिकोटको प्रशासनिक निकाय कहाँ थियौं ? तिनै मैदाने ठुलाबडाको नजिक, हिजोको ईस्माको कहाँ थियो ? तिनै ठुला बढा कै सामु, हिजोको धुर्कोट , पुर्कोट, यता चन्द्रकोट, चारपाला लगायत अधिकांस साविकका गाविहरुको प्रशासनिक निकाय उनै ठुला बढाहरु कै घर नजिक थियो ।
तलका समथल जमिन कतै बाँझै, कतै उव्जेनी मात्रै तर माथी डाँडाका साँगुरो ठाउँमा प्रशासन, त्यसै कारणले पनि विगत लामो समय देखि फराकिलो पारेर विद्यालय भवन बनाउन, खेल मैदान निर्माण गर्न र अन्य कार्यालय स्थापना गर्न डोजरमा करोडौ रुपैया खचिर्नु प¥यो । डाँडाको स्कुल पढ्न अहिले पनि तल पुछारका साना वालवालिकाहरु दुई तिन घण्टाको उकाली ओराली गर्नु परिरहेको छ । म एउटा सानो उदाहरण दिन्छु साविकको हस्तीचौरको हिमालय माविका शिशु कक्षा पढ्नका लागि तल खहरेबाट सात वर्षिया वालिकालाई आमाले दैनिक बोकेर ल्याउन पर्छ । दैनिक डेढ दुई घण्टाको उकालो ओरालो कति शैय हुन सकिरेहको छ हस्तीचौरका डाँडालाईनका ठुलाबडालाई ? धेरै भए पनि जनपक्षिय हुन सिकौं ।
हुन त तपाई दलका हिसावले जनपक्षिय नै हो भन्ने सुनिएको छ तर तपाईको मानसिकतामा एकरत्ती पनि जनपक्षियता छैन, हामी ठोकेर भन्छौं , तपाईको मानसिकतामा हिजो कै ‘ज्यु हजुरी , को अहंकार कायम छ । तपाईका मुखमा अहिले पनि रामबहादुर बिक छैन , ए , रामे कामी , सेते दमै, नरे साकी छ । तपाई नै हो साविकको बडागाउँ गाविसमा रामबहादुर नाम राख्न नचाहेर राते कामीको नागरिकता सिफारिस गर्ने । तपाई नै हो उनि राते कामीकी श्रीमतिको नाम राती कमिनी हुनु पर्छ भनेर सिफारिस गर्ने । तपाईलाई अहिले पनि ति दलित समुदायबाट नमस्कार शैय हुँदैन , जदौं वराजु चाहिन्छ तर फर्राकाउँदा साहित पर्दैन भन्ने तपाई भित्रको कालोमनले भनि रहेकै हुन्छ । सार्वाजानिक कार्यक्रममा दलितहरु संग चिया पिउँदा तपाईको पेट दुख्छ । साँच्ची भन्ने हो भने त तपाई र तपाई जस्ताको पेट त सधैका लागि दुख्नु पर्ने हो ।
तपाई जस्ताको पेट सधैका लागि नदुखे सम्म जनताको परिवर्तन सम्भव नै छैन् । अहिलेको संघियता, समावेसी, समानुपातिक लगायतका सवै खाले परिवर्तनका कुराहरु कार्यन्व्यनमातपाई जस्ताहरु त्तगारो हो, तगारो मात्रै होईन समाजको कंलक नै हो । तपाई जस्ताहरु कंलंक हुँदैनथ्यौ भने प्रचण्ड सरकारकै पाला देखि ठाउँ ठाउँमा ईलाका प्रशासनको सुविधा जनताले पहिल्लै पाई सक्थे । सुनिन्छ यति वेला ईस्मा गाउँपालिकामा सदियौं देखि अपायक प्रशासनिक असुविधाले पिडित जनताहरु आन्दोलनमा उत्रिएका छन । आज गाउँपालिका अगाडी नारावाजी चलिरहेको छ । माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य सुनारले दिएको जानकारी अनुसार सदियौ देखि डाँडालाईनका शासकहरुबाट प्रताडित जनता विरोधमा उत्रिएका छन् । परिवर्तनका पक्षधरहरु एकै थलोमा उभिएका छन् । चुनावताका हिजो एक अर्काका कट्टर विरोधीहरु अहिले कुम जोडाजोड गरेका छन् ।
दोहली, हस्तीचौर र दर्लामचौरका केहि डाँडा लाईनका मानिसहरुलाई उचालेर हिजो जिल्लाले ईस्माको केन्द्र तल चाँपटारी उपयुक्त स्थान भनेर आयोगमा सिफारिस गरेको ठाउँलाई समेत लत्ताउन खोजिदै छ । त्यसका लागि दलिय भन्दा पनि तल देखि माथी सम्मको ठुलै शक्ति दोहलीमा केन्द्र बनाउने चलखेलमा छ भन्ने आरोप आन्दोलनरत पक्षको छ ।
जो जस्तै शक्ति भए पनि न्योचित कुरामा जनता उत्रे पछि त्यस्ता शक्तिहरु घुँडा टेकेकै छन । स्कले भाई वहिनीहरुले भलिवल र फुटवल खेल्दा त वाँसको वार लगाउनु पर्ने, कैयौ भलिवल र बुटवल तल भिर पाखामा हराई रहेको बेला कति भवन चाहिन्छ ? कति मैदानहरु चाहिन्छ ? अनि त्यस्ता डाँडामा केन्द्र राखेर के होला ? आन्दोलनरत जनताको यहि माग र यहि भावलाई हामी जस्ताको त्यस्तै उठाई दिएका छौं । बैलैमा चेतना भया ।