२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटीमा प्रदेश राजधानी माग गर्दै चार दिनदेखि आमहड्ताल

२२ पुष २०७४, शनिबार १४:४३

पुस २२, दिपायल । डोटीमा प्रदेश राजधानीको माग गर्दै चार दिनदेखि आमहड्ताल जारी रहेको छ । 

आमहड्तालको चौँथो दिन आज पनि यातायातका साधन, बजार तथा सरकारी कार्यालय, गैह्रसरकारी संघसंस्था, शिक्षण संस्था सबै बन्द रहेका छन् । एकहप्ता शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधाबारबाट आमहड्ताल गरेको थियो । 

संघर्ष समितिले शनिबार पनि डोटीका विभिन्न ठाउँहरुमा सिठ्ठी बजाउँदै जनप्रदर्शन गर्नुका साथै दबाबमूलक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सिठ्ठी जुलुसपछि सांस्कृतिक कार्यक्रममा परिणत भएको कार्यक्रममा दर्जनौँ स्थानीय कलाकार तथा स्रष्टाले आफ्नो कलामार्फत दबाब दिएका थिए । 

संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले सरकारमाझ आफूहरुले निरन्तर रुपमा एघारौँ दिनदेखि माग राख्दै आए पनि सरकारबाट कुनै किसिमको प्रतिक्रिया नआएपछि आफ्नो आवाज सरकार समक्ष पु¥याउन सिठ्ठी बजाउँदै जुलुस निकालेको बताउनुभयो । 

सरकारले दिपायललाई स्थाई राजधानी नतोकेसम्म सरकारको निर्णयअनुरुप आन्दोलनको स्वरुपमा फरकपन आउन सक्ने बताउँदै उहाँले आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी रहने बताउनुभयो । 

चार दिनदेखि सडक, बजार सबै बन्द गरिएका छन् । जसले डोटी हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला र तराई जिल्लातर्फ जाने यात्रुहरु पैदल हिँडेर जान बाध्य भएका छन् । पदैल हिडँ्दै गर्दा बाटोमा चाउचाउ, विष्कुटलगायत पनि खान नपाएको पैदल यात्रुको गुनासो छ । 

बन्दमा कुनै पनि गाडीहरुमा तोडफोड नभए पनि बन्दको अवज्ञा गर्ने एम्बुलेन्स, मोटरसाइकललगायत सवारी साधन नियन्त्रणमा लिएको छ । बन्दकर्ताले अछामबाट बिरामीको बाहना बनाउँदै डडेल्धुरातर्र्फ यात्रु लैजाँदै गरेको उपक्षेत्रीय अस्पताल डडेल्धुराको एम्बुलेन्सलाई समेत नियन्त्रणमा लिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु