११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को राजधानी कपिलवस्तु नै ठिक: नवनिर्वाचित सांसद

२२ पुष २०७४, शनिबार १६:५०

पुस २२, कपिलवस्तु | ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु बनाउन विगत केही समयदेखि सङ्घर्ष गर्दै आएको कपिलवस्तु युवा सङ्घर्ष समितिको आयोजनामा आज सदरमुकाम तौलिहवामा ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तु नै किन हुनुपर्छ भन्ने सन्दर्भमा आयोजित अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद चक्रपाणी खनाल “बलदेव” ,क्षेत्र नम्बर २ काबाट निर्वाचित सांसद बृजेश कुमार गुप्ता लगायत, कपिलवस्तु जिल्ला बाट प्रदेश सभामा निर्वाचित प्रदेश सदस्यहरू क्रमशः दिर्घनारायण पाण्डे ,अर्जुन केसी,धर्मबहादुर लाल श्रीवास्तव ,सहसराम यादव ,नगर/गाउँपालिका का प्रमुख/उपप्रमुख लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी, बौद्धिक वर्ग, युवा विद्यार्थी सङ्गठनका प्रतिनिधि हरुको उपस्थित रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि बलदेवले कपिलवस्तु लाई ५ नम्बर प्रदेशको राजधानी २ तिहाइ बाट मात्र होइन सर्वसहमतीबाट हुनुपर्ने बताए  । कपिलवस्तुले नेपाललाई संसारमै चिनाएको बताउँदै कपिलवस्तु ऐतिहासिक ,पुरातात्त्विक हिसाबले पनि भरिपूर्ण जिल्ला भएकोले ५ नम्बर प्रदेशको राजधानी कपिलवस्तुको विकल्प नभएको बताए ।


कार्यक्रमका विशिष्ट अतिथि बृजेश कुमार गुप्ताले कपिलवस्तुलाई नेपालका शासक हरुले इतिहास देखि नै उपक्षा गर्दै आएकोले त्यसको क्षतिपूर्ति तिर्न पनि कपिलवस्तु लाई राजधानी बनाउनु पर्ने बताउनु भयो साथै कपिलवस्तु क्षेत्र नम्बर १ को २ बाट निर्वाचित प्रदेश सदस्य सहसराम यादवले आफ्नो पार्टीबाट प्रदेश सभामा सहभागी हुने सम्पूर्ण प्रदेश सदस्यहरूले कपिलवस्तुलाई राजधानी बनाउन मतदान गर्ने बताए  । – आभास पौडेलको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह