६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकतापछि आलोपालो भन्ने हुदैन: महासचिव पोखरेल

२३ पुष २०७४, आईतवार १३:३७

पुस २३, काठमाडौं | नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुईपार्टी बीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने नहुने बताउनु भएको छ । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै उहाँले एउटै पार्टी भएपछि आलोपालोको कुरै नहुने बताउनु भएको हो । 

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले पार्टी एकीकरण बिचार, बाटो र विश्लेषण मिलेका कारण हुन लागेको बताउनुभयो । उहाँले एकीकरण देशको आवश्यकता र जनताको भावना तथा चाहना भएकाले एकताबाट बाहिर जाने अवस्था नरहेको स्पष्ट पार्नु भयो । 


प्रधानमन्त्री र अध्यक्ष को हुने भन्ने विषयमा बजारमा हुने चर्चा परिचर्चाहरुमा सत्यता नभएको भन्दै महासचिव पोखरेलले अड्कलवाजीका आधारमा गरिने सस्तो प्रचारका पछि नलाग्न नेता, कार्यकर्ता तथा समर्थक सुभेच्छुकहरुलाई आव्हान गर्नु भयो । एकता भएपछि एउटै भावना, एउटै बोली र एउटै नीति कार्यक्रम हुने भएकाले सोही अनुसारको व्यवहार प्रदर्शन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

एकतापछि पार्टीको नीति के हुने भन्ने विषयमा दुई पार्टीका अध्यक्षहरुबीच छलफल भैरहेको जानकारी गराउदै उहाँले संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा कार्यदल बनाएर छलफल गरी एकता संयोजन समितिमा पेश गर्ने र त्यसले निर्णय गर्ने बताउनुभएको छ । कार्यदलले पेश गर्ने प्रतिवेदनमाथि एकता संयोजन समितिमा छलफल गरेर पार्टी नेताहरुको व्यवस्थापन टुंगो लाग्ने उहाँको भनाइ छ । 


एकता अभियानपछिको संक्रमणकाललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भैरहेको भन्दै महासचिव पोखरेलले छिटै यसलाई मूर्तरुपमा दिइने बताउनुभयो । 

सहकारी क्षेत्रका बारेमा प्रतिक्रिया दिदै उहाँले समृद्ध मुलुक निर्माणका लागि सहकारी क्षेत्रले उद्यमशिलताको विकास गरी आम जनतालाई आयआर्जन र वचत गर्न प्रेरित गरेको बताउनुभयो । सहकारी क्षेत्रले विपन्न वर्गका जनताको आर्थिक विकासका लागि प्रभावकारी काम गर्दै आएको भन्दै उहाँले सबै क्षेत्रमा सहकारीको भूमिका बढाउनका लागि स्पष्ट योजनाका साथ अगाडि बढाउन सहकारीकर्मीहरुलाई आग्रह गर्नु भयो । सहकारी क्षेत्रमा काम गर्नेहरुले यसको प्रवद्र्धनमा राज्यले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल गरी कार्ययोजना राजनीतिक दलहरु र सरकारलाई पेश गरी नीति निर्माणमा सहयोग गर्न समेत उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले सहकारी क्षेत्र सामाजिक व्यवसाय भएकाले यसको मर्म र भावनालाई कुण्ठित नगरी यसको संगठनात्मक संरचनालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । जनताको प्रत्यक्ष सहभागितामा गरिने व्यवसायका रुपमा रहेको सहकारीलाई यसका अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तको आधारमा सञ्चालन गर्न उहाँले सबैलाई आव्हान गर्नुभयो । 


गरिवी निवारणका क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उहाँले सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । जहाँ सहकारी क्षेत्रको सघन र प्रभावकारी उपस्थिति छ, त्यहाँ गरिवी कम भएको तथ्यांक प्रस्तुत गर्दै बडालले आम जनतालाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सहकारी एवं गरिवी निवारण विभाग प्रमुख पशुपति चौलागाईले सहकारी क्षेत्रले देशको गरिवी निवारणका क्षेत्रमा गरेको योगदानको पुर्नमूल्यांकन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी प्राधिकरण गठन गरेर यसले गरेको योगदानका लागि यसमार्फत गरिवी निवारणमा गर्न सकिने सुधारका विषयमा समन्वय आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रदेश नं. १ बाट रमेशप्रसाद पोखरेल, २ बाट कर्णबहादुर सिंह, ३ बाट टेकप्रसाद चौलागाई र सागर नेपाल ४ बाट रामबहादुर जिसी, ५ बाट भीम तुलाचन, ७ बाट मेघराज शाहीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारी ऐनको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सुझाव दिनु भएको थियो ।

कार्यक्रम एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका संयोजक पशुपति चौलागाईको अध्यक्षता, विभागका सचिव के.बी. उप्रेतीको सञ्चालन र एमाले केन्द्रीय लेखा आयोगका सदस्य मीनराज कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति