२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ८ जना उम्मेदारले मात्रै बुझाए निर्वाचन खर्च

२४ पुष २०७४, सोमबार ०३:११

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लामा आज सम्ममा दुईजना उम्मेदार वाहेक ८  जना उम्मेदारले निवार्चन खर्च बुझाएका छन । गहेको मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा  एमालेका उम्मेदार गोपाल बहादुर बम र नेकपा मालेका उम्मेदार सुर बहादुर शाही बाहेका सबै ८ जना उम्मेदारले निर्वाचन खर्च विबरण बुझाएका जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यलय प्रमुख धनकृष्ण बुढाले बताउनुभयो । 

मुगुका उम्मेदवारको खर्च विवरण हेर्दा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर उनीहरुले खर्च गरेको देखिएको निमित्त कार्यलय प्रमुख बुढाको भनाइ छ । प्रतिनिधि सभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेश सभाका उम्मेद्वारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सिमा निर्वाचन आयोगले तोकेको थियो । 

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार निवार्चत भएका बामगठबन्धनबाट प्रदेश सभा सदस्यका ख का उम्मेदार उम्मेदवार नेकपा एमालेका चन्द्र बहादुर शाहीले १४ लाख १६ हजार ७ सया पचास खर्च गरेको पाइएको छ भने बामगठबन्धनबाटै प्रदेश सभा क मा निर्वाचित उम्मेदवार नेकपा एमालेका दानसिङ परियारले ८ लाख ६७ हजार ५ सय खर्च विवरण पेश गर्नुभएको र प्रतिनिधिसभामा निर्वाचित उम्मेदार गाउपाल बहादुर बमलेभने आज सम्म खर्च विविरण नबुझाएका जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ । 

यसै बिच प्रतिनिधी सभामा उम्मेदार बन्नु भएका नेपाली काग्रेशका हस्त बाहदुर मल्लले ७ लाख २३ हजारको खर्च विवरण पेश  गरेका छन भने प्रदेश सभा क का काग्रेशकै उमेदवार तिलक बहादुर मल्लले १३ लाख २० हजार निर्वाचन खर्च बुझाउनुभएको छ भने काग्रेशकै उम्मेदार प्रदेश सभा ख का खड्का बहादुर शाहिले १४लाख ७८ हजारको खर्च विवरण पेश गरेका नि कार्यलय प्रमुख बुढाले जानकारी दिनुभयो । यता  नयाँ शक्तिका प्रतिनिधि सभा सदस्य उम्मेदवार राज बहादुर भाम ५६ हजार, प्रदेश सभा क का उम्मेदवार हिरामती बिक  २२ हजार जनसमाजवादीका धन टमाटा १ लाख ५१ हजार पेश गर्नुभएको छ । 

मुगुमा  १० जनाले प्रतिनिधिसभार प्रदेश सभामा उम्मेदारी दर्ता दिईएका भएपनी आज सम्म ८ जनाले निर्वाचन खर्च बुझाएका र बाकी २ जनाले नबुझाएका जिल्ला निर्वाचनकार्यलय मुगुले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य