११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनशन स्थलबाटै डा. गोविन्द केसी पक्राउ परे

२४ पुष २०७४, सोमबार १४:४४

पुस २४, काठमाडौं  | अनशनरत डाक्टर गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको आदेश अनुसार डाक्टर केसीलाई अदालतको अवहेलना गरेको मुद्धामा महानगरीय प्रहरी प्रभाग सिंहदरबारले पक्राउ गरेको हो । 

केसीलाई अनशनरत स्थल त्रिवि शिक्षण अस्पतालबाटै प्रहरी अस्पतालको भ्यानमा राखेर महानगरीय प्रहरी प्रभाग सिंहदरबार लगेको हो । 

आजै अदालतको मानहानी मुद्दामा सर्वोच्चले डा. केसीलाई पक्राउ गरी भोलि मंगलबार विहान ९ बजे उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेश आएको तीन घन्टापछि डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली प्रहरीले केसीलाई अनसन स्थलबाटै उठाएको हो । 

उनलार्इ सिंहरदबार प्रहरी कहाँ राख्ने सम्भावना छ । केसीले अदालतको अवहेलना गरेको भन्दै  न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले केसीलाई मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो ।

अहिलेको न्यायालय न्याय दिने नभई न्यायको किनवेच गर्ने विचौलियाको केन्द्र भएको आरोप डाक्टर केसीको छ । केसीले अब न्यायालयलाई आदर्शको केन्द्र बनाउनुपर्ने भन्दै बिरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह