११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केसीका समर्थकहरुले आज माइतीघरमा प्रदर्शन गर्ने

२५ पुष २०७४, मंगलवार ०२:४३

पुस २५, काठमाडौं | प्रधानन्यायाधिस बिरुद्ध अभिव्यक्ति दिएको आरोपमा डाक्टर गोविन्द केसी पक्राउ परेपछ्ही आज उनका समर्थकहरुले माइतीघरमा प्रदर्शन गर्ने भएका छन् । 

डा.केसीको आन्दोलनका समर्थकहरुले मंगलवार विहान माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । यससम्बन्धि सूचनालाई सामाजिक संजालमा हजारौं समर्थकहरुले सेयर गरि केसीको समर्थनमा माइतीघर जान भन्दै ट्याग समेत गरेका छन् । 

सोमवार सर्वोच्च अदालतमा परेको अवहेलना सम्वन्धी मुद्दाको सुनुवाई गर्दै अदालतले गृहमन्त्रालय र नेपाल प्रहरीलाई आदेश जारी गर्दै मंगलवार डा.केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको आदेशपछि डा.केसीलाई प्रहरीले उनको अनशन स्थलबाटै गिरफ्तार गरेको थियो । शिक्षण अस्पताल महाराजगञ्जमा अनसन थालेका डा.केसीलाई प्रहरीले गिरफ्तार गरी अनामनगर प्रहरी परिसरमा राखेको छ । केसीले प्रहरी परिसरमै अनशन जारी राखेका छन् ।

मेडिकल शिक्षाको सुधारको माग गर्दै पटक-पटक सत्याग्रह गर्दै आएका केसी सर्वोच्च अदालतबाट चिकित्सा शास्त्र संकायका डिनलाई पुर्नस्थापना गर्ने निर्णय भएपछि आक्रोशित हुँदै अर्को चरणको आमरण अनसनमा बसेका थिए । उनले यसपटक प्रधानन्यायाधीशको राजीनामा मागेर अनसन सुरु गरेलगत्तै अवहेलना मुद्दा दायर भए लगत्तै मुद्दाको सुनुवाइ भएर पक्राउ आदेश जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह