२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ सरकारले देशलाई विकास र समृद्धिमा लैजान्छ: महरा

२०७४, २५ पुष मंगलवार १२:१९

पुस २५, दाङ । उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । 

आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले समग्र दाङको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । 

उहाँले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताउनुभयो । उहाँले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतवानी दिनुभयो । 

सोही कार्यक्रममा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हिराचन्द्र केसी, प्रदेश सभामा दाङ ३ को २ बाट निर्वाचित हुनुभएका उत्तरकुमार वलीले निर्वाचनका क्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताउनुभयो । 

सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिनुभएको थियो । 

कार्यक्रम तुलसीपुर नगर विकास मितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता र सञ्चालन रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह