११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका तीनवटा गाउँपालिकाका स्थायी केन्द्र निर्धारण

२६ पुष २०७४, बुधबार ०३:५२

पुस २६, म्याग्दी । सरकारले म्याग्दीका तीनवटा गाउँपालिकाको स्थायी केन्द्र तोकेको छ । 

मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले रघुगंगा गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को मौवाफाँट, धौलागिरि गाउँपालिकाको वडा नं–३ घट्टेकुलो र अन्नपूर्णको वडा नं–६ पोखरेबगरलाई स्थायी केन्द्र कायम गरिएको हो । 

यसअघि रघुगंगाको पाखापानी, धौलागिरिको मुना तोकिएको थियो भने अन्नपूर्णको वडा नं ६ भनेपनि घार भन्ने उल्लेख थियो । जनप्रतिनिधिको बहुमतबाट गाउँपालिकाको स्थायी केन्द्र परिर्वतन गर्ने निर्णय गरेपछि सरकारले त्यसलाई वैधानिकता दिएर सूचना प्रकाशित गरेको जनाइएको छ । 

रघुगंगा र धौलागिरिमा केन्द्रको विषय निकै पेचिलो बनेको थियो । दुवै स्थानमा बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । सरकारले स्थायी केन्द्र निर्धारण गरेपछि रघुगंगा र धौलागिरिलाई कार्यालय सञ्चालन र योजनाका कार्य अघि बढाउन बाटो खुलेको छ । निर्णय गरी केन्द्रमा पठाइए पनि लामो समयसम्म राजपत्रमा सूचना प्रकाशित नभएपछि दुवै गाउँपालिकाको काम निकै प्रभावित भएको थियो । 

केन्द्र अन्यौलकै कारण रघुगंगा र धौलागिरिले बेनीबाटै सम्पर्क कार्यालयमार्फत योजना र दैनिक कामकाजको कार्य गर्दै आएका थिए । मौवाफाँट कायम गर्न सरकारलाई सिफारिश गरिएको थियो । जनप्रतिनिधिको सिफारिश अनुमोदन भएर आएकाले अब गाउँपालिका कार्यालय मौवाफाँटबाटै सञ्चालन गर्ने तयारी भएको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताउनुभयो । 

भण्डारीले बहुसंख्यक जनतालाई पायक पर्ने गरी मौवाफाँट केन्द्र कायम गरिएको र सो केन्द्रसम्म पुग्न केही असहज हुने झिँ र पाखापानी क्षेत्रका नागरिकलाई गाउँपालिकाले विकास निर्माणमा प्राथमिकता दिँदै सेवा सुविधा प्रवाहमा समेत सहज हुने गरी सेवा प्रवाह गर्ने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह