११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ: अध्यक्ष थापा

२६ पुष २०७४, बुधबार ११:४८

पुस २६, काठमाडौँ, (रासस) | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताउनुभएको छ । 

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताउनुभयो । 

संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उहाँले भन्नुभयो – ‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’ 

प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उहाँले औँल्याउनुभयो । 

उहाँले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन आफ्नो पार्टीले सार्वजनिक विदा माग गर्दै आएकामा सरकारले यसपटक विदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रष्ट पार्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह