२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोविन्द केसीलाई सर्वोच्च तान्ने प्रधानन्यायाधिस पराजुलीकै पद धरापमा, अब के हुन्छ ?

२०७४, २७ पुष बिहीबार ०२:१७

पुस २७, काठमाडौं | डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथी बयानका क्रममा लगाएका बिभिन्न ११ आरोप मध्ये महत्वपूर्ण दुई आरोपहरु छानबिन हुने भएपछी सर्वोच्चका प्रधानन्यायाधिस गोपाल पराजुलीकै पद धरापमा परेको छ । 

कानुनविद्हरूको अनुसार अदालतले पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र र दुई थरी नागरिकताको प्रतिलिपि तथा डा. शशी शर्माका सम्बन्धमा उनले गरेको फैसला इजलासमा झिकाउने आदेश गरेसँगै प्रधानन्यायाधीशका रूपमा सर्वोच्चमा रहिरहन पराजुलीलाई नैतिक र कानुनी संकट आइलागेको छ । ‘प्रधानन्यायाधीशमाथि सर्वोच्चले छानबिन गरिरहेको अवस्था छ, यो प्रकरणको निरूपण नहुन्जेल उहाँको योग्यतामा उठेका प्रश्न मुद्दाकै मुख्य अंग भइसकेका छन्,’ पूर्वकानुनमन्त्री अग्नि खरेल भन्छन्, ‘यस्तोमा प्रधानन्यायाधीशका रूपमा अदालतमा आइरहन उहाँलाई विविध बाधा छन्, त्यसैले उहाँले राजीनामा गर्नु नै राम्रो हो ।’ वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले अदालतको यो आदेशले प्रधानन्यायाधीश छानबिनको घेरामा परेको भन्दै कानुनभन्दा माथि कोही छैन भन्ने सिद्धान्त लागू भएको बताए ।


‘कानुनभन्दा माथि कोही छैन, चाहे प्रधानन्यायाधीश होस्, चाहे कुनै सामाजिक सुधारक,’ पराजुली र केसी दुवैलाई लक्षित गर्दै उनले भने, ‘अभियोग पुष्टि भए पराजुली दण्डित हुनेछन् भने पुष्टि नभए निराधार अभियोग लगाएकामा केसी दण्डित हुनेछन्, कानुनी सिद्धान्त यही हो ।’ पराजुलीमाथि अदालतले नै छानबिन गर्न लागेकाले त्यसको स्वच्छता र स्वतन्त्रताको सुनिश्चितताको सिद्धान्तले पनि उनी पदमा बसिरहन नमिल्ने कानुनविद्हरूको निष्कर्ष छ ।

‘केसीमाथि अदालतले लगाएको मुद्दा अन्तत: अहिले पराजुलीविरुद्ध सोझिएको छ,’ अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘अख्तियारले कुनै कर्मचारी वा विशिष्ट पदाधिकारीलाई मुद्दा चलायो भने मुद्दाको टुंगो नलागुन्जेल ऊ निलम्बनमा पर्छ । न्यायाधीशका सम्बन्धमा कानुन मौन भए पनि प्रधानन्यायाधीशमाथि नै छानबिन हुन थालेकाले मुद्दाको निरूपण नहुन्जेल उहाँले न्याय प्रशासन र न्यायसम्पादनबाट आफूलाई अलग राख्न सक्नुपर्छ ।’

उच्च अदालत बार एकाइ, पाटनले पनि शैक्षिक योग्यतामाथि अदालतले नै छानबिन गर्न थालेकाले अनुसन्धानलाई अकुण्ठित राख्न पराजुली पदबाट हट्नुपर्ने माग गरेको छ । – कान्तिपुर दैनिकको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह