११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

२७ पुष २०७४, बिहीबार ०७:१८

 पुस २७,काठमाडौँ रासस०  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो । 

यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । 
यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । 
सो अवसरमा नेपाली सेनाको टोलीले राष्ट्रपति भण्डारीलाई सलामी गारद अर्पण गरेको थियो । विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक बिदा दिन शुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह