११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वाभिमान बचाउन एकताबद्ध हुन अध्यक्ष ओलीको आह्वान

२७ पुष २०७४, बिहीबार ०७:३६

पुस२७ काठमाडौँ (रासस)| नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ । 

राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश दिँदै अध्यक्ष ओलीले नेपाली जनताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनलाई दिएकाले जनमतको कदर गर्दै आफूहरु अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । 

“हाम्रा पुर्खाले लडेर नेपाल बचाएका हुन्, अब हामीले लड्नु पर्दैन, केवल अडे मात्र पनि नेपाल र नेपालीको स्वाभिमान बच्छ” उहाँले सन्देशमा भन्नुभएको छ, “नेपाललाई विभिन्न नाममा विखण्डन गर्न खोज्नेहरु अब कमजोर भइसकेका छन् ।” 

अध्यक्ष ओलीले पृथ्वीनारायण शाहले नेपालका विभिन्न भूभागलाई एकीकृत गरी अखण्ड राख्न योगदान दिएको उल्लेख पनि गर्नुभएको छ । आज मनाइने एकता दिवसका लागि सरकारले राष्ट्रिय बिदा दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह