२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन: मन्त्री थापा

२०७४, २७ पुष बिहीबार ०९:०६

पुस २७, पोखरा । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई नभएको बताउनु भएको छ । 

पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा शुरु भएको सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेलाको उद्घाटन गर्दै उहाँले प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाइ मत संख्याले मात्रै तोक्न सक्ने अधिकार संविधानमा रहेको स्पष्ट पार्नुभयो । 


प्रदेश सभाको कार्य सञ्चालन गर्ने स्थान तोक्ने र प्रदेश प्रमुखको नियुक्ति भने छिट्टै गरिने बताउँदै मन्त्री थापाले निजी क्षेत्रलाई अलग गरेर मुलुकको समृद्धि र आर्थिक विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो । 

प्रदेशसभाका सदस्य विन्दुकुमार थापाले मेला र महोत्सवले आर्थिक क्रियाकलापलाई चलायमान बनाउने बताउँदै भ्रष्टाचारलाई अन्त्य गरी अब सत्ता पक्ष र प्रतिपक्षी विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, महासंघको प्रदेश नं ४ का अध्यक्ष सञ्जीवबहादुर कोइराला, प्रजिअ तारानाथ अधिकारी, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रवणकुमार जोशी लगायतका वक्ताले मेलाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो । 

‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु गरिएको सो मेला माघ ८ गतेसम्म चल्नेछ । मेलामा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, बैंकिङ, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाको गतिविधि प्रदर्शनी, दैनिक उपभोग्य वस्तु, घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्री–वितरणका लागि २९० वटा स्टल राखिएको छ । 

मेलालाई थप आकर्षण बनाउन लोकदोहोरी, नेपालका ख्यातिप्राप्त ब्याण्डको सांगीतिक कार्यक्रम, लोक नृत्य, रत्यौली प्रतियोगिता जस्ता कार्यक्रम पनि राखिएको छ । टिकट काटेर मेला अवलोकन गर्ने एकजना भाग्यशाली दर्शकलाई मेलाको अन्तिम दिन लक्की ड्रबाट एकवटा कार दिइने बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह