६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय महत्वका साथ मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२७ पुष २०७४, बिहीबार १०:०५

अच्युत रेग्मी/पुस २७, काठमाडौँ । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । 

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी हुनुहुन्थ्यो । 


लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भन्नुन्छ, “गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्याे, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।” 

गोरखाका राजा शाहले विसं १८०१ असोज २ गते नुवाकोट विजय गरेपछि पृथ्वीनारायण शाहले तत्कालीन बाइसे तथा चौबीसेसहितका साना राज्य एकीकरण गरेर मुलुकलाई एकसूत्रमा बाँध्नुभएको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा गंगाप्रसाद उप्रेती पृथ्वीनारायण शाहका राष्ट्रिय एकतासम्बन्धी दिव्योपदेशलाई कार्यान्वयनमा ल्याएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुहुन्छ । “यो दिवस प्रज्ञा–प्रतिष्ठान वा एक मन्त्रालयले मात्र मनाएर हुँदैन, देशव्यापीरुपमा मनाउनुपर्छ”, उहाँ भन्नुहुन्छ । 

पण्डित विश्वप्रेम भट्टराई सरकारले ढिलै भए पनि पृथ्वीनारायण शाहलाई सम्मान गरेर राम्रो कामको थालनी गरेको बताउनुहुन्छ । “सरकारले पृथ्वीनारायण शाहको योगदानलाई ढिलै भए पनि सम्झेको छ, अब मुलुक सशक्त भएर अगाडि बढ्नेछ”, उहाँ भन्नुहुन्छ । 

बाइसे तथा चौबीसेसहितका राज्यलाई एकिकरण गरेर विशाल राज्य खडा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरद दाहाल भन्नुहुन्छ । “संघीयताको नाममा सरकारले मुलुकमा महत्वपूर्ण योगदान दिने व्यक्तिलाई बिर्सन हुँदैन ।” 


कलाकार सन्तोष पन्त पनि जनताले मानेका व्यक्ति पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सरकारले सार्वजनिक बिदा दिनु नेपाली जनताको विजय भएको बताउहुन्छ । 

विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारले यस दिवसमा बिदा कटौती गरे पनि यो वर्षबाट आजका दिन पुनः बिदा दिन थालेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव पृथ्वीनारायण शाहका दिव्योपदेश नयाँ ढंगबाट अध्ययन गर्नुपर्ने बताउनुहुन्छ । “पृथ्वीनारायण शाहले लामो समयको नेपाललाई कल्पना गरेर दिव्योपदेश दिनुभएको हो, यो अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ”, उहाँ भन्नुहुन्छ । 

सबै भाषा, धर्म, संस्कृति, चालचलन, बोलिचाली र व्यवहारलाई एकै सुत्रमा बाँध्न सकेमात्र राष्ट्रिय एकता दिवसको सार्थकता हुने उहाँको भनाइ छ । बीस वर्षको सानो उमेरमा गोरखाका राजा हुनुभएका शाहले विभिन्न राज्यलाई एकीकरण गरी विशाल नेपाल बनाउनुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति