२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्यो: उपराष्ट्रपति पुन

२०७४, २७ पुष बिहीबार १०:४८

पुस २७, चितवन । उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । 

चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताउनुभयो । 

“देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भन्नुभयो । 

उहाँले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताउनुभयो । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उहाँको छ ।

 

नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले लगानीका लागि भर्जिनल्याण्ड भएको दाबी गर्नुभयो । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औँल्याउनुभयो । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गर्नुभयो । 

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र (सेज) परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

चितवनको सांस्कृतिक, सामाजिक र ऐतिहासिक धरोहरहरुको प्रवद्र्धन र संवद्र्धनमा रत्ननगरले विशिष्ट योगदान पु¥याइरहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । 

कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो । 

उहाँले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गर्नुभयो । जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उहाँको जिकिर थियो । 

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह