२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओबादी मन्त्रीहरुले दिए सामहिक राजिनामा

२०७४, २८ पुष शुक्रबार ०७:५४

पुस २८, काठमाडौं  । नेकपा माओवादी केन्द्रको तर्फबार सरकारका रहेका मन्त्रीहरुले सामुहिक रकाजिनामा दिएका छन् । 

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारका विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले सामुहिक राजीनामा दिएको पत्र बुझाएका हुन् । 

प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पोखरेलले सरकारबाट बाहिरिने बेहोराको प्रत्र बुझाएका हुन् ।  माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरेका नौ मन्त्री र सात राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा विनाविभागीय मन्त्री बनाएका थिए । विनाविभागीय मन्त्री बनेको ८६ दिन पछि माओवादी मन्त्रीहरुले राजीनामा दिएका हुन् । 

कांग्रेस–माओवादी ‘आलोपालो’ सरकार चलाउने निर्णयका साथ देउवा नेतृत्वको सरकारमा माओवादी सहभागी भएको थियो । माओवादीले असोज १७ मा सरकारमै रहेर तात्कालीन प्रतिपक्षी एमालेसँग प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा तालमेल गर्ने र पार्टी एकता नै गर्ने निर्णय गरेपछि उसका मन्त्रीलाई सरकारबाट हट्न त्यसबेलै दबाब बढेको थियो । तर पनि माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको थिएन ।

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिएका कारण नैतिकताका आधारमा राजीनामा दिएको पोखरेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह